‘मिस लिटिल नेवाः’मा ४० जना प्रतिस्पर्धी
screennepal
प्रकाशित: २०७४, २६ भाद्र सोमबार
no img

काठमाडौं, २६ भदौं । नेप्लिज फेशन होमले आयोजना गर्ने ११औं संस्करणको ‘मिस लिटिल नेवाः’को अडिसनबाट ४० जना प्रतिस्पर्धी छनोट भएका छन् । आयोजक संस्थाकी अध्यक्ष हेमा मानन्धरका अनुसार लिटिल नेवाः का लागि ७० जनाले अडिसन दिएका थिए ।
लिटिल नेवाः को अडिसनमा काठमाडौं, ललितपुर, भक्तपुर, दोलखा, बनेपा तथा स्याङ्जाका प्रतिस्पर्धिहरुले सहभागिता जनाएका छन् । मिस लिटिल नेवाःमा यसपटक पनि ९ वर्षदेखि १३ वर्ष उमेर समुहका नेवार समुदायका बालिकाहरूले सहभागिता जनाइरहेका छन् ।
मिस लिटिल नेवाः का लागि छनोट भएका प्रतिस्पर्धीहरूको मनोविज्ञानको विकास गर्नका लागि राजधानी बाहिर केही जिल्लाको स्थलगत भ्रमण, नेवारहरूको जातीय पहिचान, संस्कृति र परम्पराको जगेर्ना तथा भाषा उत्थानलगायत विभिन्न विषयमा तथा प्रशिक्षण दिइने छ ।
प्रशिक्षणकै क्रममा उनीहरुलाई आगामी घटस्थापनाको दिन काठमाडौंको बसन्तपुरस्थित कुमारी घर प्राङ्गणमा कुमारीको दर्शन गराउनुका साथै सवा लाख बत्ती बाल्ने तथा नेवाः भोजको सहभागि गराइने छ ।
प्रशिक्षणका क्रममा मिस नेवाः सुनिता डंगोलले नेपाल भाषाबारे जानकारी दिने छिन् भने कोरियोग्राफर रोहिया महर्जन तथा आयोजक संस्थाकी प्रमुख मानन्धरले सहभागीहरूको आत्मविश्वास बढ्ने किसिमका प्रशिक्षण दिने छन् ।

 

Comments