दर्पणले सम्झनालाई मनको कुरा राख्न नपाउँदा… (भिडियोसहित)
screennepal
प्रकाशित: २०७४, २५ भाद्र आईतवार
no img

काठमाडौं, २५ भदौं । ‘रील’मा मात्र नभएर ‘रियल’ लाईफ पनि एकदमै मिल्ने साथी हुन् गीतकार तथा मोडल दर्पण राई र सम्झना राई । तर, उनै दर्पणको मनका कुरा सम्झनाले नबुझ्दा अवस्था कस्तो होला ? मिल्ने साथी भएकाले मनका कुरा साट्नु कुनै ठूलो कुरा होइन । तर, परिस्थिति यस्तो पनि आउँछ, जतिखेर साथीबीचको मन तोडिन सक्छ । यस्तै, एक म्युजिक भिडियोमा दर्पणले आफ्नो मनका कुरा सम्झनासामु राख्नै पाउँदैनन् ।
प्रशंग मेगास्टार राजेशपायल राईले गाएको ‘मनका कुरा…’ गीतको भिडियोको हो । यो भिडियो आजै यु–ट्युबमा रिलिज गरिएको हो । रिलिज भिडियोमा म्युजिक भिडियो निर्देशक समेत रहेका दर्पणले सम्झनालाई मन पराउँछन् । उनीहरु स्कुल पढ्दादेखिकै साथी पनि हुन् । तर, सम्झनाको मनमा अर्कै हुन्छ । दर्पणले जब आफ्नो मनका कुरा सम्झनालाई राख्न खोज्छ तर, सम्झनाले अर्कैलाई मन दिइसकेकी हुन्छे ।
त्रिकोणात्मक प्रेम भाव व्यक्त गरिएको यस भिडियोमा दर्पण र सम्झानाका अलावा रञ्जित पौडेलको अभिनय रहेको छ । यस भिडियोलाई सुसांक कँडेलले निर्देशन गरेका हुन् । भिडियो निकै उत्कृष्ट बनेको छ । भिडियोमा तीनै कलाकारो अभिनय राम्रो छ । मनराजको शब्दरचना रहेको यस गीतको संगीत पछिल्लो समयका चर्चित र व्यस्त संगीतकार अर्जुन पोखरेलले गरेका हुन् ।

Comments