नृत्य पारखीहरुलाई १ लाख जित्ने अवसर !
screennepal
प्रकाशित: २०७४, २३ भाद्र शुक्रबार
no img

काठमाडौं, २३ भदौं । यदि तपाइँ राम्रो नाच्नुहुन्छ भने एक लाख जित्ने अवसर छ । यो खुसीको अवसर एक कुसल नृत्यांगनासमेत रहेकी गायिका दीपा पन्तले प्रदान गरेकी छन् ।

‘मलाई पनि कालो काजल’, ‘झट्का’जस्ता डान्सिङ सङ दिएर गायन क्षेत्रमा चर्चामा आएकी दीपाले यसपटक भने नृत्य प्रतिभा भएकाहरुका लागि आफ्नो पछिल्लो गीत ‘मेलापात नाची हिँडे नि…’ मा कभर डान्स प्रतियोगिताको आह्वान गरेकी छन् । दीपाको यस डान्सिङ गीतमा कभर डान्स गर्न चाहने जो–कसैले सहभागी जनाउन पाउनेछन् ।
कभर गीतको लहर चलिरहेकै बेला दीपाले आफ्नो गीतलाई कभर डान्स आह्वान गरेकी हुन् । केही साता अघि दीपाले यो आह्वान गरेकी हुन् । अहिलेसम्म ३० भन्दा बढीले डान्स भिडियो पठाइसकेको दीपाले बताइन् । दीपाको यस गीतमा कभर डान्स भिडियोलाई आफ्नो मोबाइलले खिच्दा पनि हुनेछ । सहभागी तथा उपलब्ध डान्समध्ये उत्कृष्टलाई नगद एक लाख रुपैयाँ प्रदान गर्ने दीपाले बताएकी छन् ।
डा. कृष्ण हरि बरालको शब्दरचना रहेको यस गीतको संगीत ताराप्रकाश लिम्बुले गरेका हुन् । दीपाको यो पछिल्लो गीत ‘मेलापात नाची हिँडे नि…’ डान्सि बीटमा मात्र छैन । शब्दभाव पनि निकै मिठो र शान्दर्भिक छ ।

Comments