राम रेप्चुङको शाब्दिक भावना ‘…यो हावा बहन (भिडियोसहित)
screennepal
प्रकाशित: २०७४, २३ भाद्र शुक्रबार
no img

काठमाडौं, २३ भदौं । वास्तवमै हावा बहन छाड्दैन । यदि हावा बहन छाड्दो हो त के हुन्थ्यो होला ? त्यो भनिरहन पदैन । यही वास्तविकता जो प्रत्यक्ष जिउनुसँग जोडिएको हुन्छ । यसैलाई प्रेम र भावनासँग जोडेर पछिल्लो समयका चर्चित गीतकार राम रेप्चुङ राईले लेखेको ‘छाडे पनि यो हावा बहन…’ बोल गीतको भिडियो सार्वजनिक भएको छ । जुन गीतमा केशव भावुक र मेलिना राईले स्वर दिएका छन् । गायक तथा संगीतकार विनोद खम्बुको संगीत र उदयराज पौडेलको एरेञ्ज रहेको यो गीत ‘भावुक’ एल्बममा समावेश छ । एल्बम ‘भावुक’ को केही दिनअघि राजधानीमा एक समारोहबीच लोकार्पण गरिएको थियो ।
सार्वजनिक गीतको भिडियोलाई भिडियो सम्पादक समेत रहेका टेकेन्द्र शाहले निर्देशन गरेका हुन् । भिडियोमा अभिनेत्री सारिका घिमिरे र दिनेशले अभिनय गरेका छन् । यस भिडियोलाई राराम केसीले खिचेका हुन् ।
भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोला ।

Comments