युकेको केन्टमा प्रस्तुत हुँदै मनु र तारा
screennepal
प्रकाशित: २०७४, २३ भाद्र शुक्रबार
no img

काठमाडौं, २३ भदौं । लिम्बू भाषा गायनकी चर्चित गायिका मनु नेम्बाङ र अर्की गायिका तारा थेबे युके पुगेका छन् । उनीहरु किरात याक्थुङ चुम्लुङ, युकेको निम्तोमा सांगीतिक प्रस्तुती दिन त्यहाँ पुगेका हुन् । मनु र ताराले यही १० सेटेम्बर अर्थात यो आइतबार अक्फोर्ड केन्टमा हुने कार्यक्रममा सहभागी सजाउँदैछन् । जहाँ मनु र ताराले आफ्ना चर्चित गीतहरु प्रस्तुत गरेर युकेबासी नेपालीलाई मनोरञ्जन प्रदान गर्नेछन् ।


‘सम्मान तथा सांस्कृतिक कार्यक्रम’ नाम दिइएको कार्यक्रममा सहभागी हुन पुगेका गायिकाद्वय मनु र तारालाई कियाचु युकेका पदधिकारीले स्वागत गरेका थिए । पहिलोपटक कार्यक्रमका लागि युके पुगेका मनु र ताराले युकेबासी नेपाली दर्शकको मन जितेर आउने बताएका छन् । मनु नेम्बाङ लिम्बू भाषा गीत गायनकी स्वर साम्राज्ञी मानिन्छिन् । साथै उनका थुपै्र नेपाली गीत पनि छन् । त्यस्तै ताराका पनि थुपै्र गीत चर्चित छन् । उनीहरुले युकेमा अरु पनि कार्यक्रम गर्ने सेड्युल रहेको छ ।

Comments