भदौ ३० मा ‘मेलोडी नाइट’मा प्रस्तुत हुँदै स्वरुपराज आचार्य
screennepal
प्रकाशित: २०७४, २१ भाद्र बुधबार
no img

काठमाडौं, २१ भदौं । सुगम संगीतका लोकप्रिय गायक स्वरुपराज आचार्य बागबजारस्थित साया हेल्लो क्याफे गजलबारमा ‘एकल साँझ’मा प्रस्तुत हुँदैछन् । मधुर स्वरका धनी स्वरुपराज यो आउँदो ३० भदौ शुक्रबार साँझ प्रस्तुत हुन लागेका हुन् । लाइभ ब्याण्डसहित प्रस्तुत हुन लागेका उनले आफ्ना लोकप्रिय डेढ दर्जन गीतहरु प्रस्तुत गर्ने भएका छन् ।
साँझ साँढे ७ बजेबाट सुरु हुने ‘मेलोडी नाइट वीथ स्वरुपराज आचार्य’ मा स्वरुपले आफ्ना पिता बरिष्ठ गायक भक्तराज आचार्यको लोकप्रिय पाँच गीतसहित आफ्ना गीतहरु प्रस्तुत गर्ने बताए । उनले कार्यक्रममा बल गरेर त्यो मन यता, तिमी कसको, तिमी जहाँ त्यहाँ म हुन नपाउँदालगायतका गीतहरु सुनाउने बताए । गजलबारका सञ्चालक रुल्झ गुरुङका अनुसार हरेक शुक्रबार विशेष अतिथिलाई निम्त्याउने गरिएको छ ।
यस्तै यो महिनाको अन्तिम शुक्रबार ३० भदौमा स्वरुपराजलाई प्रस्तुत गर्न लागेको उनले बताए । स्वरुप नेपाली संगीत पारखीका लागि ढुकढुकी मानिन्छन् । ‘मेलोडी नाइट वीथ स्वरुपराज आचार्य’ का लागि टिकट दर २५०० राखिएको छ । जसमा एक क्यान वियर र स्न्याक्स कम्प्लिमेन्ट दिइनेछ । टिकट बुकिङ सुरु भइसकिएको र सिमित टिकट मात्र बिक्री गर्ने भएकाले आफ्ना लागि बुकिङ गर्न चाहनेले चाँडै सम्पर्क गर्नुपर्ने गजलबारले जनाएको छ । गजलबारका अनुसार १०० सिटका लागि मात्र टिकट बिक्री गरिँदैछ ।


टिकटका बुकिङका लागि सम्पर्क :

टिकेटको लागि सम्पर्क : ९८०३१०३००९, ९८०८५६८३४४, ९८६०२५२४२६
०१- ४२२१५५८ बागबजार, ०१- ४९१६२१८ बौद्ध

Comments