जब हेल्लो गजलबारमा प्राश्ना भेटिँदा… (फोटो फिचरसहित)
screennepal
प्रकाशित: २०७४, १९ भाद्र सोमबार
no img

काठमाडौं, १९ भदौं । ‘आवाज देउ…’ कुनै समयको यो चर्चित गीत गुञ्जिदा दर्शक तथा ग्राहक जरुक्कै उठे । र, स्टेजतिर हेर्दै भने, ‘प्राश्ना शाक्य पो रहिछिन् । यस्तैगरी गएको शुक्रबार कुनै सयमकी ‘हटकेक’ गायिका प्राश्नाले बागबजारस्थित साया हेल्लो गजलबारमा आएका ग्राहक तथा दर्शकलाई झुक्याइन् किनकि, सो गजलबार प्राश्ना प्रस्तुत हुँदैछिन् भन्ने थोरैलाई मात्र थाहा थियो । तर, अचानक साया हेल्लो गजलबारमा आफ्नो फेभरेट गायिकालाई पाउँदा ग्राहक तथा दर्शक दंग भए । र, उनीहरु प्राश्नासँगै धित्मरुञ्जेल नाचे ।


हो, गएको शुक्रबार आवाज खोज्दै गायिका प्राश्ना साया हेल्लो क्याफे गजलबारमा प्रस्तुत भइन् । बेलुकी ८ बजे स्टेज उक्लेकी प्राश्नाले सुरुमै आफ्नो लोकप्रिय गीत ‘आवाज देउ मलाई…’ गाइन् । त्यसपछि निरन्तरता आफ्ना चर्चित गीतहरु प्रस्तुत गर्दै गएकी प्राश्नाले अरुका स्रष्टाका सिर्जना पनि सुनाइन् ।

करिब दुई घण्टा प्रस्तुत भएकी प्राश्नाले डेढ दर्जनभन्दा बढी गीत सुनाएर ग्राहक तथा दर्शकलाई मनोरञ्जन मात्र प्रदान गरिनन् उनले आफ्नो गायकी साखलाई पनि जिवन्तता दिइन् । एक समय चर्चाको शिखर चुमेकी प्राश्ना करिब पाँच वर्षपछि गायनमा कम्ब्याक गरेकी हुन् । तर, यति लामो ग्याप हुँदा पनि दर्शकमाझ उनी उतिकै लोकप्रिय छिन् भन्ने उक्त प्रस्तुती झल्काएको थियो ।
हालै सञ्चालनमा आएको साया हेल्लो क्याफे गजलबारले प्रत्येक शुक्रबार लोकप्रिय गायक तथा गायिकाहरुलाई प्रस्तुत गर्दै आएको छ ।

सञ्चालनमा आएको तीन सातामा गायिका मिलन अमात्य, नेपाली तारा सिजन–३ का फस्ट रनरअप देवेश राई र प्राश्नालाई प्रस्तुत गरिसकेको यस गजलबार यस महिनाको अन्तिम शुक्रबार अर्थात ३० भदौमा सुगम संगीतका लोकप्रिय गायक स्वरुपराज आचार्यलाई प्रस्तुत गर्दैछ । उक्त दिन गायक स्वरुपले आफ्ना लोकप्रिय डेढ दर्जन गीतहरु लाइभ ब्याण्डसँग प्रस्तुत गर्दैछन् ।

Comments