तस्बिरले झुक्याउँछ …!
screennepal
प्रकाशित: २०७४, १६ भाद्र शुक्रबार
no img

काठमाडौं, १६ भदौ । चर्चित हास्य अभिनेता विल्सनविक्रम राई ‘तक्मे बुढा’ र अभिनेत्री रेखा फागो दुलाहा–दुलही बन्दा ‘लोकन्दे’ बन्ने यी चर्चित अनुहार को होला ? पक्कै ठम्याउनुभयो होला, उनी हुन् गीतकार राम रेप्चुङ राई । पछिल्लो समयका यी चर्चित गीतकारले ‘तक्मे बुढा’ र रेखालाई छाता ओढाइरहेको तस्बिरमा स्पष्ट देख्नुभएको होला (हेर्नुस् तस्बिर) ।
तस्बिर हेर्दा ठ्याक्कै कुनै किराती जोडीको विवाहको दृश्यजस्तै छ । तर, तस्बिर हेरेर नझुकिनु होला किनकि, यो तस्बिर एक म्युजिक भिडियो छायांकनको क्रममा ‘अफ क्लिक’ गरिएको हो ।
हो, यो तस्बिर ‘भेटैमा भयो सोल्टीज्यू…’ बोल गीतको म्युजिक भिडियो छायांकनको बेला सिखाली चौरमा क्लिक गरिएको हो । गीतकार राम रेप्चुङ राईकै शब्दरचना रहेको यो गीतको भिडियो गएको बुधबार छायांकन गरिएको हो । नेपाली तारा सिजन–३ को फस्ट रनरअप देबेश राईको संगीत तथा देबेश र नेपाल आइडल टप–७ प्रमिला राईको स्वर रहेको यस गीतको भिडियोलाई पत्रकार एमपी सुब्बाले निर्देशन गरेका हुन् । भिडियो छायांकनको क्रममा यस्ता थुप्रै दोहोरो अर्थ लाग्ने तस्बिरहरु क्लिक भएका छन् । भनिन्छ, ‘हजार शब्द, एक तस्बिर काफी’ । त्यस्तै, प्रस्तुत तस्बिरका लागि धेरै शब्द खर्चिरहन आवश्यक छैन । तर, दोहोरो अर्थ लाग्ने भएकाले यस तस्बिरलाई ‘गसिप’का रुपमा प्रस्तुत गरिएको छ जबकि, तस्बिरले कसैलाई नझुक्योस् ।
भिडियोमा विल्सनविक्रम र रेखा सोल्टी–सोल्टिनीको भूमिकामा देखिँदैछन् । उनीहरुले पहिरिएको पहिरन तेह्रथुमे ढाका बुटिककी निरु आङबुङले तयार गरेकी हुन् । यस पहिरनको डिजाइन र कलर कम्बिनेशन किराती दुलाहा–दलहीको जस्तै छ । तर, भिडियोमा (सोल्टी–सोल्टिनी) विल्सन र रेखा कुनै मेलामा भेटेका हुन्छन् । ‘भेटैमा भयो सोल्टीज्यू…’ पुर्वेली लोक आधुनिक गीत हो, जसमा पुर्वतिरकै कल्चरलाई भिािडयोमा देख्न सकिने निर्माणपक्षको भनाइ छ । यस भिडियोलाई चाँडै दर्शक तथा श्रोताले हेर्न पाउने गीतकार राम रेप्चुङ राईले बताएका छन् । (गसिप)

Comments