जब सेविका ‘जस्मिन’ बनेपछि….
screennepal
प्रकाशित: २०७४, १२ भाद्र सोमबार
no img

काठमाडौं, १२ भदौं । इटहरीकी मोडल सेविका प्याकुरल चलचित्र ‘जस्मिन’मार्फत अभिनेत्रीमा डेब्यु गर्दैछिन् । छोटै समयमा आफूलाई ग्ल्यामर क्षेत्रमा स्थापित गराएकी प्याकुरेलको मोडलिङ तथा अभिनय सानैदेखिको रुचि र चाहना हो । अभिनेत्रीमा डेब्यु गर्दै गरेकी सेविकाले आफ्नो इच्छाहरु पूरा हुँदै गएको बताइन् ।


राजधानीमा कडा प्रतिस्पर्धा भएपनि संघर्ष गर्न आफू हिक्मतका साथ लागिपरेको उनले सुनाइन् । सेविकाले आगामी दिनमा अभिनय र मोडलिङ दुवैलाई साथसाथै अघि बढाउने सोच लिएकी छन् । हाल छायाँकन भइरहेको ‘जस्मिन’मा व्यस्त रहेकी उनले यसै क्षेत्रमा निरन्तरता दिने बताइन् ।

Comments