गजलबारमा देबेशको रकिङ… (फोटो फिचरसहित)
screennepal
प्रकाशित: २०७४, १० भाद्र शनिबार
no img

काठमाडौं, १० भदौं । गायक देबेश राई शुक्रबार साँझ गजलबारमा गुञ्जिए । बागबजारस्थित साया हेल्लो क्याफे गजलबारमा अतिथि कलाकारका रुपमा प्रस्तुत भएका देबेशले ग्राहक तथा दर्शकलाई करिब तीन घण्टा आफूसँगै झुमाएका थिए । नेपाली तारा सिजन–३ का फस्ट रनरअप समेत रहेका देबेश रकिङ शैलीमा प्रस्तुत भएपछि दर्शकदीर्घा उनीसँगै झुमेका थिए ।


साँझ करिब ८ बजेतिर स्टेज उक्लिएका देबेशले आफ्ना बाहेक गायक एड्रिन प्रधान, सविन राई, सुनिल बर्देवाजस्ता गायकहरुको गीत सुनाएपछि मोहोल तातेको थियो । उनले आफ्ना चर्चित तथा केही नयाँ गीतहरु पनि सुनाएका थिए । अनप्लगमा प्रस्तुत भएका देबेशको प्रस्तुती हेर्नका लागि संगीतकार डाक्टर किरात, गायक बिक्रम राई, विनोद राई, गीतकार तथा गायक राम रेप्चुङ राई, मोडल बबिता फोम्बो, सैलेन्द्र थेबे, सञ्चारकर्मी तथा समाजसेवी याङ्जोम शेर्पालगायत हेल्लो गजलबार पुगेका थिए । राति अबेरसम्म चलेको कार्यक्रममा देबेशबाहेक नियमित गजलबारको ब्याण्डले पनि दर्शकलाई मनोरञ्जन दिलाएका थिए । तस्बिर : रुपचन्द्र महर्जन


हालै सञ्चानमा आएको साया हेल्लो क्याफे गजलबार राजधानीको एक उत्कृष्ट गजलबार मानिन्छ । यसलाई रुल्ज गुरुङ, सिरता लिम्बू र नविना तामाङले सञ्चालनमा ल्याएका हुन् । सञ्चालकमध्ये रुल्ज भने, ‘हामी प्रत्येक शुक्रबार अतिथि कलाकार बोलाउने छौं । जसबाट ग्राहकले शुक्रबारलाई रमाइलो शुक्रबार बनाउनु पाओस् ।’ महिनाको अन्तिम शुक्रबार चर्चित तथा ख्यातीप्राप्त गायक÷गायिकाको प्रस्तुती राख्ने पनि उनले बताए ।

Comments