एपी–वानमा टेलिभिजनमा ‘के जमाना आ’
screennepal
प्रकाशित: २०७४, १० भाद्र शनिबार
no img

काठमाडौं, १० भदौं । हास्य सिरियल ‘के जमाना आ’ अब एपी–वान टेलिभिजनबाट प्रसारण हुने भएको छ । नेपालको पहिलो एचडी च्यानल एपी–वानबाट यो टेलिफिल्म साप्ताहिक रुपमा प्रसारणमा आउने भएको हो ।
टेलिसिरियलका लेखक तथा निर्देशक सिपी पुडासैनीले एपी–वान टेलिभिजनसँग कार्यक्रम प्रसारणका लागि एग्रिमेन्ट भएको जानकारी दिए । उनले छिट्टै प्राइम टाइममा शृंखला दर्शकले हेर्न पाउने बताएका छन् । छोटो समयमा दर्शकमाझ रुचाइएको यो टेलिफिल्ममा सिपी पुडासैनी, गणेश बहादुर एसी, केशव सापकोटा, सम्झना आचार्य, नरबहादुर नेपाल, उमेश कुमार केसी लगायतका कलाकारको अभिनय हेर्न सकिन्छ ।
कलाकारितालाई आफ्नो मूल कर्मको रुपमा अघि बढाउँदै आएका सिपीले दर्शकको पहिलो रोजाई हुने हिसाबले टेलिशृंखलामा मिहेनत गर्ने बताएका छन् । यसअघि यो शृंखला नेपाल टेलिभिजनबाट प्रसारणमा हुन्थ्यो ।

Comments