को बन्लान् ‘मोडल हन्ट नेपाल’ ?
screennepal
प्रकाशित: २०७४, ६ भाद्र मंगलवार
no img

काठमाडौं, ६ भदौ । ‘मोडल हन्ट नेपाल–२०१७’को अन्तिम स्पर्धीहरु शनिबार होटल सोल्टीक्राउन ताजका का लागि भिड्दैछन् । प्रतियोगीताको सम्पुर्ण तयारी पूरा भएको आयोजक संस्था नेक्स्ट मोडल्स नेपालले जनाएको छ ।
कार्यक्रममा अभिनेत्री प्रियंका कार्की, सृजना रेग्मी, मिस नेपाल २०१७ अस्मी श्रेष्ठ शो टपरको रुपमा रहनेछन्, भने संगीतकार कालिप्रसाद रिजालको समेत प्रस्तुति रहनेछ ।
कार्यक्रममा अन्तराष्ट्रिय फेसन डिजाइनर रेखा मोदी मित्रुका, इटाइलिय डिजाइनर रितेश घिमिरे, नेपाली डिजाइनर एलिसा श्रेष्ठ तथा नमुना कलेजका फेसन डिजाइनरले तयार पारेका बिषेश डिजाइनका पहिरन चर्चित मोडल नेहा बानु, शशी श्रेष्ठ, जस्मिन गुरुङ, रोनाली अमात्य, प्रिज्मा कोसिन लगायतका मोडलले र्याम्पवाक मार्फत प्रस्तुत गर्नेछन् । सो अवसरमा मोडल हन्ट नेपालका उत्कृष्ट युवायुवतीले समेत र्याम्प नाप्ने कार्यक्रममा रहेको छ ।

Comments