‘मिसेस नेपाल ग्रान्ड’ उपाधि बन्दनालाई
screennepal
प्रकाशित: २०७४, ३ भाद्र शनिबार
no img

काठमाडौं, ३ भदौ । ‘मिसेस नेपाल ग्रान्ड–२०१७’को उपाधि काठमाडौंकी बन्दना बिष्टले जितेकी छिन् । आफ्ना १५ प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधिसँगै क्राउन, विभिन्न उपहार र मिसेस ट्यालेन्टको उपाधि पनि हाँसिल गरिन् ।
काठमाडौंको जमलस्थित नाचघरमा आयोजित सो प्रतियोगिता काठमाडौंकी निशा क्षत्री केसी मिसेस इन्टेलिजेन्ट सहित फस्ट रनरअप भईन् । यस्तै अलिना ध्वजु सुवेदीले मिसेस कन्फिडेन्स सहित सेकेन्ड रनरअप बनिन् ।, पुजा शिबाकोटी गुरुङले बेस्ट वाक, पर्सनालिटी सहित थर्ड रनरअपको उपाधि हाता परिन् ।
¥याम्प जोन इन्टरट्रेनमेन्ट प्रा.लि.ले आयोजना गरेको सो कार्यक्रममा अन्य उपाधि तर्फ लिना डँगोल ताम्राकारले मिसेस स्टाईलिस्ट, अलिन ध्वजु सवेदीले मिसेस कन्फिडेन्ट, लिला कार्की केसीले मस्ट एक्टिभ, बिना नेमकुलले मस्ट फ्रेन्डली र पञ्चुअल, प्रज्ञा महत क्षत्रीले मोस्ट फिटनेश उपाधि हाँिसल गरे ।
यस्तै निर्मला शाहीले डिसिप्लेन, हिरा सापकोटाले मोस्ट स्माईल र फेशन आईकन, उषा केसी दाहालले बेस्ट हेयर, श्वेता गौतम गिरीले बेस्ट स्किन, दिपा तिवारी गुरुङले भिवर्स च्वाईस, भिवर्स च्वाईस र मल्टि मिडिया, अनु तिवारी ठाकुरले फोटोजेनिक अवार्ड हाँसिल गरे ।
महिलाहरुको व्यक्तित्व विकाश, प्रतिभा प्रस्तुति र उनीहरुलाई घरबाट बाहिर ल्याएर नेतृत्वमा अघि बढाउन मिसेस नेपाल ग्रान्ड आयोजना गरिएको आयोजक सँस्थाकी प्रबन्ध निर्देशक रमी श्रेष्ठ बज्राचार्यले बताईन् ।
अश्विनी झाले कोरियोग्राफी गरेको सो प्रतियोगिताको निर्णायकमा अभिनेताहरु रमेश उप्रेती, दिनेश शर्मा, गजित बिस्ट, पत्रकार एवं चलचित्र निर्देशक डब्बु क्षत्री, चिकित्सकद्धय अर्पण शाह र शुशिलजँग शाह थिए ।

 

Comments