विरहीको ठेट देउडा गीत सार्वजनिक
screennepal
प्रकाशित: २०७४, ३ भाद्र शनिबार
no img

काठमाडौं, ३ भदौं । सूर्य विरही साउँदको ठेट देउडा गीत ‘यो लोटाउनु राँगो’ सार्वजनिक भएको छ । साउँदकै लय संकलन रहेको गीतमा गायिका अनिशा बाजुरालीले साथ दिएकी छिन् । पदम खड्काको शब्दल संकलन रहेको गीतमा सुदूरपश्चिममा खेलिने देउडाको खाश झलक भेटिन्छ । भीम थापाको निर्देशनमा गीतको म्युजिक भिडियो समेत बनाइएको छ । भिडियोमा मनिश खड्का, रोजी कुँवर र राजेश खड्काले अभिनय गरेका छन् । मालश्री रकेर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको संगीत संयोजन विनोद बाजुरालीले गरेका छन् । गीतलाई बसिबियाँलो म्युजिक प्रालिले बजार ब्यबस्थापन गरेको हो ।

Comments