प्रितम गुरुङको धने काठमाडौँमा
screennepal
प्रकाशित: २०७४, २ भाद्र शुक्रबार
no img

काठमाडौँ भाद्र २ ,नेपाली भाषामा निर्माणाधीन गुरुङ कथाको चलचित्र धने शुटिङ युनिट यतिबेला काठमाडौँ आइ पुगेको छ। तनहुँको काप्रेक गाउँमा छायांकन गरेर काठमाडौँ उत्रिएको फिल्म धनेको काठमाडौँमा बर्षाको कारण छायांकन रोकिन पुगेको चलचित्र निर्माण टीमले बताएको छ।

प्राकृतिक बिषय बस्तु भएकोले चरित्र पनि प्राकृतिक नै रहेको कुनै पनि शृङ्गार नगरिएको धनेका निर्देशक प्रितम गुरुङले बताएको छ। भेष गुरुङको कथा रहेको चलचित्र धनेमा नेपाली नाटकका लोकप्रिय कलाकार सुरज गुरुङको मुख्य भूमिका रहेको छ।

वेब्स क्रियशनको निर्माणमा बनेको यस चलचित्रमा सुरजका अलावा अनुता गुरुङ र भेष गुरुङ्को पनि महत्वपूर्ण भूमिका रहेको छ। चलचित्र धनेलाई आगामी तमु ल्होछारको अवशरमा सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ।

Comments