अमेरिकामा ‘देश खोज्दै जाँदा’
screennepal
प्रकाशित: २०७४, ३२ श्रावण बुधबार
no img

काठमाडौं, ३२ साउन । प्रकाश आङदेम्बे निर्देशित फिल्म ‘देश खोज्दै जाँदा’ मस्टर्डसिड अन्तराष्ट्रिय फिल्म फेस्टिवलमा अफिसियल छनोट भएको छ । उक्त फेस्टिवलमा नेपालबाट प्रतिनिधित्व गर्ने एकमात्र नेपाली फिल्म देश खोज्दै जाँदा यही भदौ २८ गतेदेखि नेपालभर प्रदर्शनमा आउँदै छ ।

अमेरिकाको पेन्सिलभेनियास्थित फिलाडेल्फिया सिटीमा हुने तीनदिने फेस्टिवलमा यही अगस्ट १९ शनिवार विहान १० बजेदेखि देश खोज्दै जाँदा स्क्रिनिङ हुनेछ । फेस्टिवलमा भारत, बङ्गलादेश, पाकिस्तान, इजिप्ट, अमेरिका, बेलायत, क्यानडालगायत मुलुकका फिल्महरु छनोटमा भएका छन् । स्क्रिनिङमा चलचित्रको पोस्ट प्रोडक्सन÷आर्ट डाइरेक्टर प्रल्हाद गुरुङ सहभागी हुँनदैछन् ।
यसअघि ‘दादा साहेव फिल्मफेस्टिभल’ मा टप सेभेन सम्मपुग्न सफल यस फिल्म दिकर्निस कलेज अफदि आर्टस वासिङटन–अमेरिका, युनिभर्सिटी अफतास्मानीया–अष्ट्रेलिया, दबार्टन सेनियर कलेज साउथ अष्ट्रेलिया, बफेलो स्टेट युनिभर्सिटी– दिअन्ने फ्रांकप्रोजेक्ट २०१५–न्युयोर्क, स्यामुल मेरिट युनिभर्सिटी, क्यालिफोर्निया, सोफिएन्डल स्कोल सोफिएन्डलवेज–डेन्मार्क, विन्डसेइम अनर्स कलेज ज्वले–नेदरल्यान्ड, बर्चफिल पेन्नी आर्ट सेन्टर–दिअन्ने फ्रांकप्रोजेक्ट २०१७ न्युयोर्क जस्ता युनिभर्सिटी र फिल्म फेस्टिवलहरुमा सहभागीता जनाइसकेको छ ।
भुटानी शरणार्थीहरुको भोगाइलाई यथार्थपरक रुपमा उतारिएको फिल्म भुटानी शरणार्थीहरुको शिविर नजिकै दमकमा केहीदिन अघि प्रिमियर समेत गरिएको छ ।
फिल्ममा बाबु बोगटी, अरुणा कार्की, हेमन्त बुढाथोकी, मिना कोइराला, तिब्बत राई, ओवेत साम्पाङ राई, सरिता ओली, शिवशंकर थापालगायतको अभिनय रहेको छ भने उपेन्द्र सुब्बाको पटकथा, संजय लामाको छायाङ्कन, मनोरञ्जन श्रेष्ठको सम्पादन रहेको छ ।

Comments