प्रमिला भविश्यको रकस्टार !
screennepal
प्रकाशित: २०७४, २७ श्रावण शुक्रबार
no img

काठमाडौं, २६ साउन । गायन रियालिटी सो नेपाल आइडलको उत्कृष्ट सातबाट प्रमिला राई बाहिरिएकी छन्।नेपाल आइडलमा उत्कृष्ट सातसम्मको यात्रा तय गरेकी प्रमिला प्रतियोगिताबाट त आउट भइन् तर, एक रकस्टारको राम्रो सम्भावना उनीसँग सुरक्षित छ । पप रक गीत गाउन रुचाउने प्रमिला अंग्रेजी गीत पनि गाउन रुचाउछिन् । यो सिङ्गिङ प्रतिस्पर्धामै अाइडलको रुपमा रहेकी प्रमिला बहिरिएपछि उनका फ्यान दुखी भएका छन् ।
प्रतिस्पर्धाबाट बाहिरिएपछि उनले नेपाल आइडलमा आएर आफूले प्राप्त गरेको पहिचान र लोकप्रियताले भविष्यमा सांगीतिक यात्रा अगाडि बढाउन सजिलो हुने बताइन् । परिवारको प्रेरणा र खासगरी बुवाको साथका कारण संगीत क्षेत्रमा लागेकी प्रमिलाले यसअघि औपचारिक रूपमा संगीत सिकेकी छैनन्।अाइडल एउटा उपाधी मात्र हो । त्यसैले प्रमिलाले नेपाली आफ्नो गायन प्रतिभा मार्फत सबैको मन जितेर एक दिन गायन अाइडल बन्ने पक्का छ ।
काठमाडौंको बालाजु निवासी २२ वर्षीया प्रमिला स्नातक अध्ययनरत छिन्।
नेपाल आइडलका लागि नेपालगन्जका ३० वर्षीय सुरज थापा, ललितपुरका २२ वर्षीय प्रदाप दास, बुटवलकी २१ वर्षीया सुजाता पाण्डेय, मोरङका २१ वर्षीय निशान भट्टराई, चितवनका २० वर्षीय सागर आलेमगर र पोखराका २० वर्षीय बुुद्ध लामा उत्कृष्ट ६ मा पर्न सफल भएका छन्। यी मध्येबाट एकजना नेपाल अाइडल घोषणा हुनेछ !

Comments