समाज : बहुबिवाह स्वत: बदर हुने ! ५ वर्षसम्म जेल
screennepal
प्रकाशित: २०७४, २७ श्रावण शुक्रबार
no img

काठमाडौ, २७ साउन । २००४ सालदेखि नेपालमा पटकपटक संविधान फेरिए जसमा नेपाली जनताको प्रत्यक्ष सहभागितामार्फत परिवर्तन भएको भए पनि आमजनताको जन्मदेखि मृत्युसम्मका हरेक संस्कार समेटिएको देशको कानून (मुलुकी ऐन) भने बल्ल २०७४ सालमा फेरीएको छ ।
व्यवस्थापिका संसद्ले मुलुकी ऐन प्रतिस्थापन गर्न बनेका ५ वटा विधेयकमध्ये अपराध संहिता र फौजदारी कार्यविधि संहिता विधेयक बुधबार सर्वसम्मतले पारित गरेको छ ।
बहुविवाह अबदेखि स्वतः बदर हुने व्यवस्थासहित विधेयक पारित भएको छ । ऐन लागू हुनुअघिका बहुविवाहका हकमा विधेयक मौन रहे पनि लागू भएपछि बहुविवाह गर्नेका हकमा सजायको मात्रा बढाइएको छ ।
बहुविवाह गर्ने महिला र पुरुष दुवैलाई पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ भने बहुविवाह स्वतः बदर हुने व्यवस्था विधेयकमा छ ।
विगतका दिनमा बहुविवाह दण्डनीय हुन्थ्यो तर सामाजिक मान्यता पाउँथ्यो, तर अब बहुविवाहले कानूनी मान्यता नपाउने भएको छ । एकभन्दा बढी बिहे गर्नुलाई बहुबिवाह भनिन्छ ।

Comments