Lifestyle : फस्टाउदै ‘लाइभ सेक्स च्याट’ को ब्यापार !
screennepal
प्रकाशित: २०७४, २७ श्रावण शुक्रबार
no img

संसारभर चलिरहेको पोर्न व्यापारको सबैभन्दा तिब्रताका साथ बढेको क्षेत्र हो –इन्टरैक्टिभ वेभ क्याम । रोमानियामा हजारौयुवतीहरु स्टुडियो र घरबाट ‘क्याम गर्ल’ को काम गर्दछन् ।
चौबीसै घण्टा चल्ने यो बजारका अधिकांश ग्राहक उत्तर अमेरिका र पश्चिमी युरोपका छन् । बुखारेस्टमा एउटा अग्लो भवनबाहिर नौजवान महिलाहरु धुँवा उडाइरहेका छन् । कुरा गरिरहेका छन् । हाँसिरहेका छन् । बिहानको पारिलो घाम छ, तर उनीहरु भारी मेकअप, अग्लो हिल र भड्किलो चमकदार कपडा लगाएका छन् ।
स्टुडियोभित्र
‘स्टुडियो २०’ नजिकैको यो भवनको पहिलो र दोस्रो तला छ ।कुल चालीस कोठा छन् । बन्द कोठाको अर्थ त्यहाँ एक महिला वेभक्याममा कुनै अन्तर्राष्ट्रिय ग्राहकका साथ लाइभमा छिन् । जबसम्म उनी एक्लै त्यो कोठामा छिन् यो पूर्णरुपमा कानुनी हो ।


आभासी सम्बन्ध र साइबर सेक्सको यो क्रममा क्यामेरा सामु यी युवतीहरु ‘मोडल्स’ हुन् र उनीहरु हेरिरहेका ‘सदस्य’ हुन् ।
लाना कोठा नम्बर ८ मा काम गर्छिन् । कोठामा एउटा गोलो ओछ्यान छ र कुशन लगोको छ । एकातिर कपडा राखिएको छ। उनी भन्छिन्–म आमरुपमा ड्रेस, अन्तवस्त्र वा लेदर लगाउन रुचाउँछु।
राम्रो कमाई
यो कोठामा एउटा ठुलो कम्प्युटर स्क्रीन, एउटा महंगो क्यामेरा र फोटो लाइट पनि राखिएको छ । त्यसैको माध्यमबाट ‘वयस्क वेभसाइटहरु’ का केही ग्राहक उनलाई लाइभ हेर्न सक्छन् । तर, उनले त्यतिबेलासम्म पैसा पाउँदिनन् जबसम्म कुनै ‘सदस्य’ ले उनलाई ‘वन–टु–वन’ कुरा गर्नका लागि चयन गर्दैनन् ।
हरेक दिन ८ घण्टा काम गरेर उनी हरेक महिना चार हजार युरो कमाउँछिन् । जुन रोमानियाको औषत आयको दश गुना हो ।
लानाको कामबाट स्टुडियोलाई पनि करिब करिब यति नै मासिक आम्दानी हुने गर्दछ । तर, स्टुडियोको कन्टेन्टलाई अनलाइन क्याम साइट ‘लाइभजैस्मिन’ मा चलाइन्छ, जसबाट आन्दानी दुई गुना अर्थात आठ हजार युरो हुन्छ । यही वेभसाइट ग्राहकबाट क्रेडिट कार्डको माध्यमबाट मुक्तानी लिने गर्दछन् ।
एक्लै हुँदा हजारौ भएजस्तो
लाइभजैस्मिन संसारको सबैभन्दा ठुलो इन्टरनेट क्याम होस्ट गर्ने वेभसाइट हो । हरेक दिन करिब ३.५ देखि ४ करोड मानिस यो वेभसाइटमा आउने गर्दछन् । हरेक समय २००० मोडल अनलाइन हुन्छन् । यो थाहा पाउन कठिन छैन कि वेभक्याम उद्योगले सन् २०१६ मा कसरी करिब दुई देखि तीन बिलियन डलर कमाइ गरेको थियो ।
लाना ग्रायजुएसन अध्ययन गरिरहेकी छन् । २००८ को मन्दीअघि उनी रियल स्टेटमा काम गर्दथिइन् । २००८ मा उनले पहिलोपटक भिडियो च्याट गरेकी हुन्।
उक्त दिन सम्झँदै उनी भन्छिन्–म क्यामेराअगाडि एक्लै थिएँ । तर यस्तो लागिरहेको थियो कि मेराअगाडि सयौ मानिस छन् । म यो बुझिरहेकी थिइनँ कि उनीहरु सबै के भनिरहेका छन् । मबाट के चाहन्छन् । तर फेरि मैले उनीहरुको पहिचान गर्न सिकेँ कि कुन सदस्य पैसा दिन सक्छ, ताकि सित्तैमा हेर्नेहरुका कारण बर्बाद नहोस् ।
यस्तो हुन्छ लाइभ च्याट
लाना भन्छिन्–अधिकांश कुरा मात्रै हुन्छ । कतिपय अवस्थामा म रोल प्ले गर्छु । यसको एउटा हिस्सा नग्नतासँग जोडिएको हुन्छ ।
उनका अनुसार कतिपय अवस्थामा मानिसहरु यस्तो कुरा गर्नका लागि दबाव दिन्छन् जो उनी गर्न चाहँदिनन् । उनी भन्छिन्–तर तपाईलाई निर्णय गर्ने अधिकार छ र यसबाट तपाईलाई शक्ति प्राप्त हुन्छ ।
सबैभन्दा महत्वपूर्ण कुरा पैसा दिने सदस्यलाई बढीभन्दा बढी समयसम्म बाँधिराख्नु हो ।

ग्राहकलाई रोकिराख्नु
स्टुडियो २० को पीआर म्यानेजर आन्द्रा चिर्नोगियानु भनिछन्–तपाईसामु क्युट र सेक्स हुनका लागि दश मिनेट हुन्छ र त्यसपछि तपाईसँग कुरा गर्नका लागि केही हुनुपर्छ । नत्र सदस्य त्यहाँ रोकिने छैन ।
यसका लागि स्टुडियोले ट्रेनर, मनोवैज्ञानिकहरु र अंग्रेजी सिकाउनेलाई पनि रोजगारी दिएको छ । आन्द्रा भन्छिन्–म उनीहरुलाई यौन इच्छाका बारेमा पढाउछु, त्यो के हुन्छ, किन हुन्छ, हामी फ्रायडलाई पनि पढ्दौ ।
स्टुडियो २० संसारको सबैभन्दा ठुलो स्टुडियो वेभक्याम फ्रैचाइजी हो । रोमानियामा यसका ९ वटा शाखा छन् । एउटा शाखामा केटा ‘क्याम ब्वाइज’ का रुपमा काम गर्दछन् । जो समलैंगिक पुरुषको बजारमा काम गर्दछन् । (बीबीसीबाट)

Comments