‘म्यान अफ द इयर’मा नेपालको प्रतिनिधित्व गर्दै बुढाथोकी
screennepal
प्रकाशित: २०७४, २६ श्रावण बिहीबार
no img

काठमाडौं, २६ साउन । पुरुषहरुको अन्तराष्ट्रिय सौदर्य प्रतियोगीता ‘म्यान अफ द इयर २०१७’मा नेपालको प्रतिनिधित्व धु्रर्व बुढाथोकीले गर्ने भएका छन् । इन्डोनेशियामा १० देखि १९ अगष्टसम्म आयोजना हुने प्रतियोगीता एमएएलवाइयु फाउन्डेसनले आयोजना गर्न लागेको हो ।
प्रतियोगीतामा नेपालसहित भेनेजोयला, नेदरल्याण्ड, ब्राजिल, मेक्सीको, हंगेरी लगायत २० राष्ट्रका युवाहरुको सहभागीता रहनेछ । ‘मिष्टर नेपाल २०१७’का फष्ट रनरअप बिजेता बुढाथोकी बुधबार प्रतियोगीताका लागि इन्डोनेशिया उड्दै छन् ।
नेपाली पहिरन र भेषभुषा र कलासंस्कृती सहित प्रतियोगीतामा आफुले सहभागीता जनाउन लागेको बुढाथोकीले बताए । प्रतियोगीताको अफिसियल कोरियोग्राफर रोजिन शाक्य रहेका छन् ।
अवतार इन्टरनेशनलले उनलाई प्रतियोगीतामा पठाउन लागेको हो । ६ फिट हाइट र आकर्षक शरिरका धनी बुढाथोकी फिटनेश मोडल पनि हुन् । म्यान्ली, मस्कुलाइन, मोर्डन, मास्टर्ली र माइन फुल शिर्षकका ५ सवटाइल समेत प्रतियोगीतामा रहेको अवतार इन्टरनेशनलका सिइयो सन्दीप पोखरेलले बताए ।
बुढाथोकीको प्रतियोगीतामा सहभागीताले नेपालको युवालाई बिभिन्न अन्तराष्ट्रिय प्रतियोगतिाको ढोका खेल्ने अवतार इन्टरनेसनलका म्यानेजिङ डाइरेक्टर सुरज चिल्वालले बताए ।

Comments