सृष्टिले जितिन् ‘नेपाल्स नेक्स्ट सुपर मोडल’ उपाधि
screennepal
प्रकाशित: २०७४, २२ श्रावण आईतवार
no img

काठमाडौं, २१ साउन । ‘नेपाल्स नेक्स्ट सुपर मोडल–२०१७’को उपाधि सुष्टि तामाङले जितेकी छन् । शनिबार राजधानीमा सम्पन्न प्रतियोगिताको यस दोस्रो संस्करणमा आफ्ना २९ प्रतिपस्र्धीलाई पछि पार्दै सुष्टिले । ‘नेपाल्स नेक्स्ट सुपर मोडल’को उपाधि आफ्नो पोल्टामा पारेकी हुन् । उनले ताजसँगै नगद तथा विभिन्न गिफ्टह्याम्पर हात पारेकी छन् ।


आरएनआर ग्रुपद्वारा आयोजिकत यस संस्करणमा दिव्या थापा फस्ट रनरअप र रिजिन तामाङ सेकेन्ड रनरअप भएका छन् । उनीहरुले पनि टाइटल उपाधिसहित विभिन्न गिफ्टह्याम्पर प्राप्त पाए ।
अधिवक्ता लक्ष्मण महर्जन, ब्युटिसिययन एसोशिएशनका अध्यक्ष उज्वलकृष्ण श्रेष्ठ, हिमालय एयरलाइन्सका उज्वला दली, ग्ल्यामर फोटोग्राफर राजभाई सुवाल, फ्लाईटेकका सिईओ नाजिर हुसैन, पत्रकार डब्बु क्षेत्री र मोडल विपना थापा निर्णायक मण्डल रहेको प्रतियोगितामा पल्लवी श्रेष्ठ बेस्ट बडी, कस्मिता बज्रचार्य मिस पपुलर, प्रज्ञा तिवारी भिअर्स च्वाइज र मल्टिमिडिया तथा मन्दिरा राज्यलक्ष्मी शाह बेस्ट वाक भए । त्यस्तै, आशिका मगर फोटोजेनिक, दृष्टि मानन्धर बेस्ट स्किन, दिव्या थापा मिस पर्सनालिटी, करणा क्षेत्री बेस्ट हेयर, प्रदिप्ती अर्याल मिस कन्जेनिलिटी र दावा जाङ्मु लामाले बेस्ट स्माइल सबटाइटल पाएका छन् । प्रतियोगीहरु इन्टरनेशनल बागबजारस्थित इन्ष्टिच्युट अफ फेसन टेक्नोलोजी ‘आईआईइफटी’का विद्यार्थीले तयार पारेका पहिरनमा स्टेजमा उत्रिएका थिए । हालै सञ्चालनमा आएको आईआईएफटीमा ८१ जना विद्यार्थी डिजानिङ कोर्ष गरिरहेका छन् ।
रोजिन शाक्यको कोरियोग्राफीमा सम्पन्न । ‘नेपाल्स नेक्स्ट सुपर मोडल’को यो संस्करण सोचेभन्दा सफल भएको आयोजक संस्थाकी अध्यक्ष मञ्जु श्रेष्ठले बताइन् । कार्यक्रममा गायक सुसन साम्सोहाङ लिम्बू र दीपा लामाले सांगीतिक प्रस्तुति दिएर दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए ।

Comments