ट्रम्पढ्वारा नयाँ आप्रवासी नीति घोषणा, डिभी बन्द हुने !
screennepal
प्रकाशित: २०७४, २० श्रावण शुक्रबार
no img

एजेन्सी, २० साउन । अब डिभी भरेर अमेरिका जाने सपना नलिए हुन्छ किनकि, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले नयाँ आप्रवास नीति घोषणा गरेका छन् । यस नीतिअन्तर्गत मेरिटका आधारमा मानिसहरूले अमेरिकाको रेसिडेन्सी कार्ड पाउनेछन् । बुधवार उनले यो नयाँ नीति घोषणा गरेका हुन् ।
यस नीतिअन्तर्गत अहिलेसम्म चलेको डीभी लटरी प्रणाली बन्द हुनेछ ।
अंग्रेजी राम्रो बोल्ने, पढाइ राम्रो भएको र राम्रो जागिर खान सक्ने व्यक्तिलाई मात्र अमेरिकामा बसोवासको अवसर दिइनेछ । ट्रम्पले नयाँ नीति घोषणा गर्दै यसका कारण गरीबी घट्ने बताए । यो ऐनअन्तर्गत अमेरिकामा ग्रीन कार्ड लिन सजिलो हुने समेत उनको भनाइ छ ।
राम्रो अंग्रेजी बोल्न जान्ने र सरकारको मुख नताकी आफ्नो खर्च आफैं उठाउनसक्ने व्यक्तिलाई प्राथमिकता दिइने उनले बताए । यस्ता व्यक्तिको सीपका कारण अमेरिकी अर्थतन्त्र मजबूत हुने उनको विश्वास छ ।

Comments