‘नेपाल्स नेक्स्ट सुपर मोडल’ बन्न ३० युवतीको कडा प्रतिस्पर्धा
screennepal
प्रकाशित: २०७४, १८ श्रावण बुधबार
no img

काठमाडौं, १८ साउन । ‘नेपाल्स नेक्स्ट सुपर मोडल’ बन्न यतिखेर ३० जना युवती प्रतिस्पर्धामा उत्रिएका छन् । आरएनआर ग्रुपले आयोजना गरेको ‘नेपाल्स नेक्स्ट सुपर मोडल–२०१७’मा उनीहरु प्रतिस्पर्धामा उत्रिएका हुन् । प्रतियोगिताको यो दोस्रो संस्करणको अन्तिम स्पर्धा यही २१ साउनमा कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुँदैछ ।

‘फेसन शो’लगायत विभिन्न इभेन्टहरु आयोजना गर्दै आएको आरएनआर गु्रपद्वारा आयोजित ‘नेपाल्स नेक्स्ट सुपर मोडल’को यस सिजनका प्रतियोगीहरु एकसेएक छन् । त्यसैले पनि उनीहरुबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । प्रतियोगीहरुलाई कोरियोग्राफर रोजिन शाक्यले क्वाटवाक, आत्मविकासलगायतका विषयमा गु्रमिङ क्लास दिँदै आएका छन् ।
आयोजक संस्थाकी अध्यक्ष मञ्जु श्रेष्ठका अनुसार केही सातायता सुरु भएको यस सिजनमा फोटोसुट, प्रि–जर्जिङलगायतका प्रशिक्षण भइसकेको छ । यो कम्प्लिट फेसन मोडलिङ इभेन्ट हो । यस प्रतियोगितामा विजेता हुनेले ताज भने पाउने छैनन् । आयोजकका अनुसार शीर्ष विजेताले नगदका साथै विभिन्न गिफ्ट ह्याम्पर पाउनेछन् भने त्यसका अलावा मोडलिङका लागि प्लेटफर्म पाउनेछन् ।

Comments