युएईमा अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस मनाइँदै
screennepal
प्रकाशित: २०७४, १७ श्रावण मंगलवार
no img

– अनिश तामाङ 

युएई, १७ साउन । युएईमा ‘अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस–२०१७’ मनाइँदैछ । नेपाल आदिवासी जनजाति महांसघ युएईलगायत विभिन्न एघार जातीय संघसंस्थाले संयुक्त रुपमा २३औं अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवसको अवसरमा कार्यक्रम गर्ने भएको हो । आउँदो ११ अगष्टमा ‘आदिवासी जनजातिको शान, आत्मासम्मान, स्वाभिमान र पहिचान’ भन्ने नाराका साथ मनाउन लागिएको छ ।
युएईको डेइरा दुबईस्थित कार्ल्टन होटलमा दिउँसो दुई बाट कार्यक्रम हुने महासंघका अध्यक्ष डेरराज तमुले बताएका छन् । विश्व आदिवासी दिवस १९९४ यता संयुक्त राष्ट्रसंघले विश्वभरका आदिवासी जनजातीहरुलाई समेटेर मनाउन सुरु गरेको हो । आदिवासीको दयनीय अवस्था, राज्यबाट उपेक्षित तथा उनीहरुको मौलिक पहिचानको संरक्षण–सम्बर्द्धन र विकाशगर्ने हेतुले प्रत्येक वर्ष अगष्ट ९ मा मान्दै आएको छ । तर, यो दिवस प्रवासमा भने समय अनुकुल नेपालीहरुको छुट्टिको दिन पारेर मनाउने गरेका छन् ।
उक्त कार्यक्रमको लागि नेपालबाट प्रमुख वक्ताको रुपमा आदिवासी जनजाती अभियन्ता, संस्कृतिविद् तथा प्राध्यापक डा. कृष्ण भट्टचन सहभागी हुँदैछन् भने प्रमुख अतिथिको रुपमा युएईका लागि नेपाली महामहिम कार्यबाहक राजदूत नेत्रबहादुर टन्डन आउने कार्यक्रम तय भएको जनाइएको छ ।
कार्यक्रममा महासंघभित्र रहेका ११ वटै जातीय संस्थाहरुले अलगअलग स्टल राख्ने भएका छन् । ती स्टलमा आ–आफ्नो पहिचान झल्काउने सामाग्री तथा भेषभुषालगायत प्रदर्शन गरिँदैछ । साथै, कार्यक्रममा विभिन्न जातीय संघसंस्थाबाट आ– आफ्नो मौलिक पहिचान बोकेको नृत्य प्रदर्शन गर्ने छन् भने प्रवासमा रहेका ख्यातीप्राप्त कलाकारले गीतसंगीत र नृत्यमार्फत मनोरञ्जन दिनेछन ।
कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ युएईका नयाँ कार्यसमिति घोषणा हुनुको साथै सपथ ग्रहण कार्यक्रम समेत गरिने भएको छ ।

Comments