भीरको बाटोमा पल–स्वस्तिमा… !
screennepal
प्रकाशित: २०७४, १३ श्रावण शुक्रबार
no img

काठमाडौं, १३ साउन । संचारकर्मी सुरज श्रेष्ठ निर्देशित एक म्युजिक भिडियो सार्वजनिक भएको छ । रोनन सुब्बाको स्वर रहेको ‘भीरको बाटो’ बोलको उक्त गीतमा ‘कुटुमा कुटु..’ गीतबाट चर्चामा रहेकी अभिनेत्री स्वस्तिमा खड्का र अभिनेता पल शाहले अभिनय गरेका छन् ।
भिडियो अहिलेको परिवेश अनुसार छ । जुन सबैले रुचाउने निर्देशक श्रेष्ठले बताए । भिडियोमा अभिनेत्री स्वस्तिमा खड्काले निकै आकर्षक तरिकाले कम्मर मर्काएकी छन् । उनको सो क्रियाकलपामा जोशीला युवा जिब्रो टोक्न बाध्य हुन्छन् ।
गीतमा शब्द संगीत डम्बर नेपालीको छ, भने सम्पादन प्रविन श्रेष्ठले गरेका छन् । गम्भिर विष्टको कोरियोग्राफी रहेको भिडियो ह्वाइट प्लस एभि प्रोडक्शनबाट निर्माण भएको हो ।

Comments