‘एकलब्य’ को गीत रेर्कडिङ
screennepal
प्रकाशित: २०७४, १० श्रावण मंगलवार
no img

काठमाडौं, १० साउन । अवि फिल्मस् प्रोडक्शनको पहिलो प्रस्तुती, सोनम थापा, राजन दुलालको निर्माण रहने चलचित्र ‘एकलब्य’ को गीत रेकर्डिङ शुरु भएको छ ।
राजेन्द्र बजगाँईको संगीतमा रामचन्द्र काफ्ले र जुनु रिजाल काफ्लेले स्वर दिएका छन् । समसामयिक विषयवस्तुमा आधारित एक्शन, कमेडी चलचित्र ‘एकलब्य’को छायांकन ३० साउनबाट उपत्यकाका विभिन्न स्थानबाट शुरु हुने कुरा प्रोडक्शन डिजाईनर सूर्य बुढाथोकीले जानकारी गराए ।
सोनम थापा, पुष्कर राउत, नमिता राई, बिराट ल्वोगन, पेमा लामा, राजन दुलाल आदि कलाकार रहने यस चलचित्रमा लेखन भोजराज देवकाटा, व्दन्व्द शंकर महर्जन, छायांकन कृष्ण श्रेष्ठ, निर्देशन अनमोल शर्माको रहने छ ।

Comments