सुनिता दुलाल भन्छिन्, दर खाएपछि माईतिघर जाने… (भिडियो हेर्नुस् त)
screennepal
प्रकाशित: २०७४, १० श्रावण मंगलवार
no img

काठमाडौं, १० साउन ।
दर पनि खाने हो माईतिघर जाने हो
तीजको गीत गाएर छमछमी नाच्ने हो ।
कोही त लाउँछन् कुर्ता हजुर, कोही लाउँछन् जामा
छोरी कहिले आउली भनेर बाटो कुरी बस्दिहुन् आमा ।
आउनु दिदी–बहिनी नाचगान गरौं सबै मिलि छमछम
यसपाली नि दरखाने हो अब पञ्चमीको दिनसम्म ।

उल्लेखित गीत गायिका सुनिता दुलालले यसपालीको तीजका लागि गाएकी हुन् । ‘तीज क्वीन’ मो उपामा पाएकी सुनिताको यस गीतमा केही दम छ जबकि तीज पछिल्लो केही समययता सबैभन्दा लामो समयसम्म मनाउने पर्व जस्तै भएको छ । सुनिताले पनि आफ्नो यस गीतमार्फत यस्तै भाव जनाएकी छन् अर्थात् उनले पञ्चमीसम्म दर खाँदै नाँच्ने सुर गरेकी छन् । अहिले नेपाली समाजमा तीजको रौनकता यस्तै छ । तीज आउनलाई करिब एक महिना अझै बाँकी छ । तर, च्याउसरी खुलेका पार्टी प्यालेसहरुमा तीजको पार्टीले रंगिन थालेका छन् । पहिले पहिले तीज पतिको दीर्घायुका लागि व्रत बस्ने र दर खानेमै सिमित थियो । तर, अहिले देखासिकी हुँदै तीज एक महिनाभन्दा बढी समय मनाउन थालिएको छ । सुनिताको यस तीज गीतमा पनि यही सार पाइन्छ ।

गायिका सुनिताको ‘दर पनि खाने हो माईतिघर जाने हो’ गीत साँच्चीकै राम्रो छ । हुन त केही वर्षयता उनले हरेक वर्ष तीजका लागि गीत पस्किँदै आएकी छन् । त्यसैले सुनिताले तीज क्वीनको उपमा समेत पाएकी हुन् । सुरिलो कन्ठकी सुनिताले आफ्नो तीज गीतमा प्राय आफै मोडलिङ गर्ने गर्छिन् । गायकी जस्तै सुन्दर रुपकी धनी सुनिताले यसपटक पनि आफैले अभिनय गरेकी छन् । उनी अभिनयमा उस्तै खुलेकी छन् ।
कुमार अविवाहितको शब्द र बिबी अनुरागीको संगीत रहेको यस गीतको भिडियोलाई गोविन्द राईले निर्देशन गरेका हुन् । यस भिडियोलाई सुनिताले आफ्नै यु–ट्युब च्यानलमार्फत सार्वजनिक गरेकी हुन् ।

Comments