सहिमाले ‘ओम शिव शंकर’ गाउँदा केभो आशिष्मालाई… (भिडियोसहित)
screennepal
प्रकाशित: २०७४, १० श्रावण मंगलवार
no img

काठमाडौं, १०, साउन । तीज सांस्कृतिक र धार्मिक आस्था बोकेको पर्व हो । जो परम्परागत पनि छ । त्यस्तै, तीजे गीतहरु पनि परम्परागत लाग्छन् । एक दशकअघिको र अहिलेको तीज गीतको लय र भिडियो उस्तै लाग्छन् । तर, यसैबेला गायिका सहिमा श्रेष्ठले भने केही भिन्नशैलीमा गाएकी छन् ।
हरेक चिज समयसँगै परिवर्तन हुँदै जान्छ, त्यस्तै गीतसंगीत पनि परिवर्तन हुन जरुरी छ । तर, नेपाली नारीहरुको विशेष पर्व तीज गीतमा भने उहि पुरातनशैली पाइन्छ । त्यो पुरातन शैलीलाई केही पछाडि पार्दै सहिमाले ‘ओम भोला शिवशंकर’ बोलको तीज गीत गाएक्ी छन् । यो गीत र भिडियो हेर्दा लाग्छ, अब तीज गीत पनि डिस्कोतिर ढल्किएछ । यो गीतमा अभिनेत्री तथा मोडल अशिष्मा नकर्मीसहित केही कलाकार नाचेका छन् ।
सहिमाको यो तीजे गीतलाई फिल्मीशैलीमा निर्माण गरिएको छ । यो नै फरक हो । तीजको नाम गर्दै अनेक भिडियोहरु रिलिज भैरहेका बेला गायिका सहिमा र अशिष्माले नेपाली मौलिकतामा रहेर संस्कृतिको संरक्षण र सँम्बद्र्धनलाई जोड दिँदै उक्त भिडियो सार्बजनिक गरेकी हुन् ।

सहिमाको ‘ओम भोला शिवशंकर’ गीतमा केही आधुनिकता मिसिएको भएपनि शब्दचयनमा तीजकै मौलिकता छ । जसले गर्दा पनि यो गीत समय सापेक्षित लाग्छ । यस गीतको भिडियोमा अशिष्माका अलावा राज मगर र गायिका सयंमले पनि अभिनय गरेका छन् ।
दिपक शर्माको संगीत तथा किरण केसी क्रोधीको शब्दरचना रहेको यस गीतको अडियो तथा भिडियो बिणा म्यूजिकमार्फत सार्बजनिक भएको हो ।
सुरेश श्रेष्ठको छायांङकन र सम्पादन निशान घिमिरेले गरेको यस भिडियोमा अविबाहित महिलाहरुले तीजको व्रत बसेपछि वरको रुपमा आकर्षक पुरुषलाई भेट्टाइदिन भगवान शिवलाई गुहार मागिएको छ । यस भिडियोलाई स्मृति तिमल्सिनाले निर्देशन गरेकी हुन् । भिडियो रिजिल गरेपछि सहिमाले भनिन्, ‘मैले अरुभन्दा फरक तीज गीत ल्याएकी छु । सुन्दा र हेर्दा दिक्क लाग्दैन जस्तो लाग्छ ।’

Comments