फ्लाईटेक इन्टरनेशनललाई ‘बिआईडी वल्र्ड क्वालिटी कमिटमेन्ट अवार्ड’
screennepal
प्रकाशित: २०७४, ९ श्रावण सोमबार
no img

काठमाडौं, ९ साउन । फ्लाईटेक इन्टरनेशनल यस वर्षको ‘बिआईडी वल्र्ड क्वालिटी कमिटमेन्ट अवार्ड–२०१७’ मा छनोट भएको छ । विश्वप्रशिद्ध कम्पनीहरुलाई केही वर्षयता प्रदान गरिँदै आएको यो अवार्ड पहिलोपटक नेपालबाट फ्लाईटेक छनोट भएको हो ।
लामो समयदेखि एयरहोस्टेस उत्पादन गर्दै आएको पुतलीसडकस्थित फ्लाईटेक यसपटक ‘बिआईडी वल्र्ड क्वालिटी कमिटमेन्ट अवार्ड’मा परेको फ्लाईटकका प्रबन्ध निर्देशक नाजिर हुसैनले जानकारी गराए । उनका अनुसार यो अवार्ड आगामी आउँदो २१ र २२ अक्टुबरमा फ्रान्सको राजधानी पेरिसमा प्रदान गरिँदैछ ।


‘बिआईडी वल्र्ड क्वालिटी कमिटमेन्ट अवार्ड’ अवार्डमा विश्वका चर्चित तथा गुणस्तरिय कम्पनीहरु मात्र छनोटमा पर्ने गरेको छन् । यस अवार्डमा कम्पनीहरुलाई गुणस्तरिय, विजनेश टे«ेडमार्क, टेक्नोलोजी र खोजमूलक उत्पादनको आधारमा प्रदान गरिन्छ ।
यो अवार्ड गुणस्तरिय, नेतृत्व, योजना र लक्ष्यलगायत १३ विधामा प्रदान गरिँदै आएको छ । यस्तै, फ्लाईटेक कुसल नेतृत्व तथा गुणास्तरिय उत्पादन अन्र्तगत अवार्डमा परेको हो ।

Comments