‘धुम २’को ट्रेलर सार्वजनिक (प्रोमोसहित)
screennepal
प्रकाशित: २०७४, ९ श्रावण सोमबार
no img

काठमाडौं, ९ साउन । अभिनेता जयकिशन बस्नेतको लेखन, नृत्य, निर्माण र निर्देशनमा बनेको फिल्म ‘धुम २’को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा सोमबार आयोजित कार्यक्रममा फिल्मका कलाकार तथा पत्रकारमाझ ट्रेलर सार्वजनिक गरियो ।
कार्यक्रममा फिल्मका मुख्य कलाकारसमेत रहेका जयकिशनले फिल्म पूर्ण रुपमा कमेडी फ्लेबरम ाबनेको बताए । ‘हामीले फिल्मको नारा नै मनोरञ्जनको सत प्रशित ग्यारेन्टी राखेका छौं । त्यसकारण पनि फिल्म दर्शकका लागि रुचीकर हुनेछ,’उनले भने,‘नारी प्रधानतालाई प्राथमिकता दिएकाले पनि फिल्म दर्शकले मनपराउनेछन् ।’
फिल्मबाट अभिनयमा डेब्यु गरेकी नायिका सिर्जना भट्टराईले आफू छुच्ची चरित्रमा अभिनय गरेको बताइन् । अर्का अभिनेता शोभित बस्नेतले फिल्म रमाइलो किसिमको खलचरित्रमा देखिने खुलाए । फिल्ममा कलाकारसमेत रहेका चलचित्र विकास बोर्डका सदस्य उत्तम केसीले दर्शकले एउटा पूर्ण मनोरञ्जन प्रदान फिल्म हेर्न पाउने जनाए । कार्यक्रममा फिल्मका दुई गीत पनि देखाइइएको थिया े।
ट्रन्डी फिल्मस्को व्यानरमा जाहन्वी बस्नेत र ब्रबिम बस्नेत प्रस्तुतकर्ता रहेको फिल्ममा जयकिशन बस्नेत, सिर्जना भट्टराई, रोहित रुम्बा, महिमा सिलवाल, सञ्जोग राणा, शोभित बस्नेत, उत्तम केसी, बसन्त तामाङ ‘बादल’लगायतका कलाकारको अभिनय छ ।
तीज पर्वलाई लक्षित गर्दै भदौ ८ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्ममा एनबी महर्जनको द्वन्द्व, टंक बुढाथोकीको संगीत, जीवन श्रेष्ठको छायांकन, तारा थापा ‘किम्भे’को सम्पादन छ ।

Comments