मधु-विनिता तीजमा ‘चोली टिमिक्कै पारेर…’ माईत जाने रे ! (भिडियो हेर्नुस् त)
screennepal
प्रकाशित: २०७४, ९ श्रावण सोमबार
no img

काठमाडौं, ९ साउन । हरितचालिका तीज कलाकारलाई मात्र नभई पत्रकारलाई पनि लागेको छ । यो कुरा पत्रकार मधु शाही र विनिता मरहट्टाले पुष्ट गरेका छन् । अन्नपूर्ण पोष्ट दैनिकका कलाकारको समाचार लेख्दै आएकी विनिताले अर्की कान्तिपुर दैनिककी कला पत्रकबार मधुको शब्दमा ‘चोली टिमिक्कै…’ बोलको गीत गाएकी छन् । यो तीज लक्षित गीत हो ।
भनिन्छ, तीजमा चेलिबेटीले मनभरिका दुख, सुख, उत्वस र अनुभवहरु सामुहिक रुपमा नाचगान गरेर सुनाउने पर्वको रुपमा मनाउँछन् । विशेषगरी हिन्दु परम्परादेखि चलिआएको यस पर्वलाई पछिल्लो समय आधुनिकीकरण गर्ने होडबाजी चलेकोछ । जसले गर्दा तीज गीतको मौलिकता गुम्दैछ । यसैबेला समसामयिक विषय वस्तुलाई महशुस गर्दै पत्रकार मधु र विनिता मरहट्टाले तीज गीत ‘चोली टिमिक्कै ’ गीत तथा भिडियो सार्वजनिक गरेका छन् ।
गीतमा चित्रकार ज्योतिप्रकाश विकेले संगीतमा विष्णु अधिकारीले एरेन्ज गरेका हुन् । त्यस्तै भिडियोमा विनीतिा, मधु संगै मुना पन्थले अभिनय गरेकी छन् । म्युजिक भिडियोलाई समुन सागरजंग केसीले निर्देशन गरेका हुन् भने सुरेश राउतले भिडियो सम्पादन गरेका छन् । ल हेर्नुृस पत्रकारको चोली टिमिक्कै गीतको भिडियो…।

Comments