एक नेपाली ‘पोर्न स्टार’को कहाली लाग्दो कहानी !
screennepal
प्रकाशित: २०७४, ८ श्रावण आईतवार
no img

काठमाडौँ, ८ साउन । जीवन भोगाईका सबैका आ–आफनै अनुभव र कहानी हुन्छन् । धेरथोर संघर्षका आरोह अवरोह सबैले पार गरेका हुन्छन् । कतिपयको जीवन भोगाइ यस्तो कहालीलाग्दो हुन्छ कि त्यस्तो भोग्नुपर्ला भनेर कसैको सोचेकोसम्म पनि हुँदैन् ।
थोरै हाँसो र धेरै पीडा मिसिएको यस्तै कहालिलाग्दो जीवन भोगेकी छन विन्दु परियारले । श्रमल्लिका, विन्दी तथा हट विन्दी जस्ता नामबाट समेत परिचित विन्दु कुनैबेला चर्चित नर्तकी थिईन् । उनका अर्धनग्न फोटो तथा भिडियोहरु इन्टरनेटमा खोज्यो भने सजिलै भेट्टाउन सकिन्छ ।
ती फोटो तथा भिडियो हेर्दा लाग्छ विन्दुको जीवनमा दुःखको छायाँसम्म पनि परेको छैन । तर, उनको भोगाइ सुन्दा लाग्छ उनको जस्तो कहालिलाग्दो जीवन अरु कसैले भोग्न परेको छैन् ।
उनको हसिलो मुहारभित्र पीडा पत्रपत्र भएर लुकेको छ । उनले हाँस्ने हाँसोभित्र नभनिएका र नपोखिएका कथा छन । जब हामीले उनको जीवन खोतल्न लाग्यौं उनले भनिन्, ‘तपाईहरुले मेरो सत्य कहानी लेखेर के नै गर्नुहुन्छ र रु मानिसहरुले मेरो कथा पढ्लान, कतिपयको दयाको पात्र बनाउलान, कतिपयले खराब सोच्लान । त्यसले के फरक पर्छ ’
हामीतिर सोझिएका उनका हर प्रश्नहरु जायज थिए । उनका केही प्रश्नको उत्तर दिदै कुराकानीको वातावरण सहज बनायौं ।
त्यसपछि उनले आफ्ना कथाको पोको फुकाईन्, जुन यसअघि कहिल्यै बाहिर आएको छैन् ।
हामीले पहिलो प्रश्न सोध्यौ– ‘ईन्टरनेटमा छरपष्ट तपाईका उत्तेजक फोटो तथा भिडियोहरुको बारेमा के भन्नुहुन्छ उनले भनिन– ति सबै झुट्टा हुन् । ‘हरेक समय मेरो मन रोईराख्छ । बालापनका र नेपाल रहँदाका स्वतन्त्र दिनहरुको सम्झनाले मलाई रुवाउँछ’ विन्दु पुराना दिनहरु सम्झन्छिन जुन उनले नेपालको कास्की जिल्लाको ग्रामिण भेग हेम्जामा विताएकी थिईन् ।
सानैबाट नृत्यमा अब्बल उनी स्कुल तथा टोल छिमेकमा हुने सबैजसो साँस्कृतिक कार्यक्रमहरुमा सहभागि हुन्थिन् । विद्यालयको सबै अभिभावक दिवसका कार्यक्रममा भाग लिन्थिन ।लोकदोहोरी, कौडा र रोधीमा नाँच्ने उनी आफ्नो नृत्य कौशल लिएर संगीहरुका साथ देशको विभिन्न भाग पुगेकी थिइन । वालपन जति रमाइलो थियो परिवारमा गरिबीले त्योभन्दा बढी गाँजेको थियो ।
जतिबेला विन्दु एक बर्षकी मात्रै थिइन्, त्यसैबेला एक जना विदेशी उनको घरमा पाहुनाको रूपमा आए ।उनी थिए, अमेरिकी नागरिक टम सेवेल । जो त्यसबेला उनीहरुको उद्धारकर्ता नै बने । चरम गरिबिमा गुज्रिरहेको उनको परिवारलाई उनले सहयोग गरे ।
त्यति मात्रै होइन, विन्दु ठुली भएपछि पढाई खर्च पनि उसैले ब्यहोर्ने भयो । विन्दुको परिवारमा खुशिको सीमा रहेन । टम सेवेल उनीहरुको लागि भगवानै सावित भयो । नहोस पनि किन, दुई छाक खान मुश्किल बनेको समयमा कसैले सहयोग गर्छु भन्दाजस्तो खुसी आखिर केमा हुन्छ । टमकै सहयोगमा विन्दुले स्थानीय ज्ञानुुबाबा स्कुलमा कक्षा १२ सम्म अध्ययन गरिन । यसबेलासम्मको सबै खर्च टमले नै बेहो¥यो । विन्दुले प्लस टु उत्तिर्ण गरेपछि टमसँगै अमेरिका गइन । उनलाई आफ्नो भाग्य चम्के झै लाग्यो ।
नाता नै लागाउने हो भने पनि टम २००९ सम्म विन्दुको सानोबुवा थिए । उमेरको हिसाबले टम विन्दुभन्दा ३० वर्षले जेठा छन् ।विन्दुको नजरमा पनि उनी भगवान जस्तै थिए अति असल । जसले सानैबाट उनको लालनपालन ग¥यो र ठुलो भएपछि अधिकांशको सपनाको देश अमेरिकामा सजिलै प्रवेश गराए ।
उनी यो समयसम्म निकै पुलंकित थिईन् । तर, टमको मनमा अर्कै योजना छ भन्ने कसलाई के थाहा छ । उनको त्यो खुसी धेरै दिन टिकेन । विस्तारै टमको राक्षसी रुप बाहिर आउँदै गयो । टमको कुटिल चरित्र त्यो बेलाबाट बाहिर आउन लाग्यो जव टमको श्रीमती अर्थात विन्दु परियारकी दिदीले टमलाई छाडिन् ।
उनले भनिन– ‘दिदीले छाडेपछि टमले आफुले आफैलाई मार्ने प्रयास ग¥यो, मैले त्यो बेलामा उसलाई सम्हाले ।’पछि उसले दिदीको नग्न तस्विर र भिडियोहरु मलाई देखायो, जुन उसले दिदीसँगको सम्बन्धमा रहेकै बेला रेकर्ड गरेको रहेछ । उसले दिदीलाई नै गलत साबित ग¥यो ।
सुरुमा टमकै कुरालाई सही माने । तर पछि थाहा भयो, उसले दिदीलाई क्लबमा नाँच्न र अन्य मानिससंग शारीरिक सम्पर्क राख्नको लागि दवाव दिएको रहेछ, जुन दिदीको लागि मान्य भएन र छोडिन उसलाई ।टमले मलाई अमेरिका ल्याउनुको कारण के रहेछ भने जवान र तन्नेरी युवतीहरुलाई अमेरिकाका डान्सबारमा नचाएर, प्रयोग गरेर धेरै पैसा कमाउने उसको धन्दा नै रहेछ ।
यो कुरा मलाई अमेरिका आएपछि मात्रै थाहा भयो । हुन त मलाई दिदी ९ टमकी श्रीमती० ले पहिले पनि केही संकेत गरेकी थिईन । टमको बारेमा तर मैले त्यो बेलामा त्यसतर्फ ध्यानै दिइन ।त्यसबेला मैले सायद अमेरिका बाहेक मैले अरु केहि देखिन । ‘म विस्तारै उसले बुनेको जालमा फस्दै गए, अहिले सम्झदा ग्लानी हुन्छ’ उनले भनिन् ।
‘मेरो गरिब परिवारले टमलाई हमेशा भगवानभन्दा कम ठानेन, जसले मेरो परिवारको सम्पुर्ण दुःख हटाईदियो, अनि कसरी नगर्नु त्यस्तो मान्छेलाई विश्वास ।त्यसैले मैले उसले दिएका हर कागजातमा सही छाप लगाउँदै गए । अमेरिका म आफै पनि साँच्चै आउन चाहान्थे ।
तर यहाँ आउनुको मुल्य मैले यसरी चुकाउनु पर्ने रहेछ । मैले यस्तो कहिल्यै सोचेकोसम्म पनि थिइन । टमले मलाई उच्च शिक्षा दीक्षा, एउटा सम्वृद्ध जीवन दिने आश्वासनमा अमेरिका ल्याएको थियो । फेरी गरिवी र अभावसंग जुधिरहेको मेरो परिवारलाई म अझै दुःखमा देख्न चाहान्नथे ।
उनीहरुलाई अभावरहित जीवन दिने मेरो सोचाई थियो । तर, अमेरिका आएपछि यहाँको माहौल नराम्रोबाट झन नराम्रो हुँदै गयो ।सानैबाट नर्स बन्न चाहान्थे, उसले मलाई मेरो नर्स बन्ने सपना साकार पारिदिने आश्वासन दिएको थियो । त्यसैले उसले मलाइ ‘के वान’ भिसामा अमेरिका ल्याएको थियो ।
यहाँ आएको ३ महिनामा हाम्रो विहे भयो । जुन यहाँको सरकारलाई देखाउनका लागि हामीले गरेका थियौ, मेरो मनले नचाहदा नचाहदै पनि विहे गरे । नर्स बन्ने सपना पुरा गर्न यहाँको नियमभित्र पनि रहनुपर्ला भन्ने लाग्यो ।
मेरो परिवार अति नै खुशी भयौ । किनकी, अब मेरो सपना पुरा हुने पक्का भयो भन्ने लाग्यो । बाआमा पनि छोरी अमेरीकाबाट नर्स बनेर आउँछे भन्ने सपना बुन्न थाले ।
– यो सामग्री च्यानल एनपीबाट सभार गरेका हौ ।

Comments