काइलीले २० करोडमा बेचिन् आफ्नो अपार्टमेन्ट !
screennepal
प्रकाशित: २०७४, ८ श्रावण आईतवार
no img

काठमाडौं, ८ साउन । रियालिटी स्टार तथा हलिउड मोडल काइली जेनरले आफ्नो लस एञ्जलसस्थित फ्ल्याट बेचेकी छन् । उनले आफू बस्दै आएको त्यो फ्ल्याटलाई २० करोडमा बिक्री गरेकी हुन् । समाचारमा जनाइएअनुसार त्यो अपार्टमेन्ट ४९०० स्क्वेयर फीट एरियामा फैलिएको छ । काइलीले उक्त अपार्टमेन्ट मार्च २०१५ मा खरिद गरेकी थिइन् ।
उक्त अपार्टमेन्टमा ७ बेडरूम ६ बाथरूम छ । यसका अलावा ३ कार ग्यारेज, एक लाइब्रेरी, होम थिएटर, स्पा एरिया, पूल, जिम र ग्लैम रूम पनि छ । उनले उक्त अपार्टमेन्टको आफूलाई मन पर्ने डिजाइनर सेलिया शोयरलाई डेकोरेट गराएकी थिइन् । सेलियाले ट्रेडिशनल लुक दिएकी थिइन् । उक्त अपार्टमेन्ट बिक्री गरेपछि अब उनीसँग हिडन हिल्स क्यालिफोर्नियामा एक अपार्टमेन्ट छ । त्यो अपार्टमेन्ट ५००० स्क्वेयर फीट एरियामा फैलिएको छ । जसलाई करिब ३० करोड पर्छ । -Agency

Comments