Lifestyle : ‘नो हर्न’ -र्याली (फोटोफिचर)
screennepal
प्रकाशित: २०७४, ८ श्रावण आईतवार
no img

काठमाडौं, ८ साउन । काठमाडौ महानगरपालीकासँगको ‘नो हर्न’ क्याम्पेन सहकार्य चलिरहँदा निरन्तरतास्वरुप आफ्नै ब्राण्डको साधन प्रयोग गरी ‘रेनल्ट नो हर्न’ नामक जनचेतना मुलक कार र्याली आयोजना गरिएको छ । २५ रेनल्ट कार सम्मिलित उक्त र्यालीमा कार धनीहरु परिवारसहित सहभागी थिए ।
थापाथली शो रुमबाट सुरु भई कोटेश्वर सल्लाघारी हुँदै नगरकोट पुगेको थियो । कम्पनीका जनरल म्यानेजर अधिर श्रेष्ठका अनुसार र्यालीका सहभागीहरुलाई झन्झटरहित प्राविधिक सहयोग प्रदानगरी सामाजिक चेतनामुलक कार्यक्रममा सहभागी गराउन पाएकोमा खुसी ब्यक्त गर्दैै आगामी दिनमा अझ प्रभावकारी ढंगले यस्ता कार्यक्रहरुलाई निरन्तर आयोजना गर्ने बताइएको छ । कार्यक्रम नेपाल ट्राफिक प्रहरी महाशाखाको सहयोग तथा इप्लानेटले व्यवस्थापन गरेको थियो ।

Comments