सन्नी लियोनीले धर्मपुत्री अँगाल्दाको यो बबण्डर… !
screennepal
प्रकाशित: २०७४, ७ श्रावण शनिबार
no img

काठमाडौं, ७ साउन । बलिउड अभिनेत्री सन्नी लियोनी ‘आमा बनिन्’ भन्ने समाचारले केही दिनयता व्यापकता पाएको छ । पोर्नस्टार हुँदै फिल्मी दुनियाँमा प्रवेश गरेका कारण पनि सन्नी नियोनीबारे सानो विषयलाई ठूलो बनाइन्छ । समाचारको शीर्षक मात्र पढ्नेले सन्नी आमा बनेको खबरलाई वास्तविकता ठानेका छन् अर्थात उनीहरु भ्रममा परिरहेका छन् । जसमा सन्नीले पनि दुःख व्यक्त गरेकी छन् । वास्तवमा सन्नीले धर्मपुत्री अँगालेकी हुन् । जसलाई मिडियाले साँच्चीकै सन्नी आमा बनिन् जस्ता खबर सम्पे्रषण गरे । हो, सननीले एक हप्ताअघि एक छोरीलाई भित्याइन् । र, खबर आयो ‘सन्नी आमा बनिन् ।’ यसरी आफूले धर्मपुत्री अँगाल्दा मिडियाले वास्तविक शीर्षकमा नभई ‘आमा बनिन््’ जस्ता खबरले आफूलाई दुखी बनाएको सन्नी टिुवटमार्फत जनाएकी छन् ।
सन्नीले एक छोरीलाई धर्मपुत्री बनाएकी छिन् । उनको आधिकारिक नाम निशा कौर बिबर हो । उनी महाराष्ट्रको बताइएको छ । सन्नी केही समयअघि मात्र सन्तानबारे एक अन्तवार्तामा भनेकी थिइन्, ‘सन्तानबारे सोचेकै छैन ।’ साथै, उनले आफ्नो बच्चासँगको सम्बन्धबारे बताएकी थिइन्, ‘मेरो बच्चाहरुसँग निकै राम्रो कनेक्सन हुने गर्दछ । वास्तवमा हाम्रो सम्बन्ध हृदयमा नै गाँसिएको हुन्छ लगभग पागल जस्तै ।’ तर, त्यसैबेला उनले समाजसेवाको कुरा गर्दै धर्मसन्तान पाल्ने चाह व्यक्त गरेकी थिइन् । अहिले आएर त्यो चाह उनले पूरा गरेकी द्धछन् ।
‘हामीले प्रत्येक बच्चालाई जोगाउन सक्दैनौं होला तर यी सानी नानीका लागि केही गर्ने सोच बनाएका छौं । आश्रमले उनलाई सकेजति सहयोग गरेपनि उनी अझै पनि कम तौलकी छिन् र अत्यधिक माया र स्याहार सुसारको खाँचोमा छिन् । र हामी यसका लागि तयार छौं । यसका लागि हामीलाई थुप्रै मानिसले सहयोग पनि गर्नेछन्,’ उनले भने ।
निशा कौर वेबर करिब एक हप्तादेखि आफ्ना नयाँ अभिभावकसँगै बसिरहेका छन् र सन्नीले ती बालिकालाई वर्षौंदेखि चिनिरहेको जस्तो अनुभव भइरहेको बताइन् ।
स्मरण रहोस्, शाहरुख खानका छोरा अबराम र आमिर र खानका छोरा आजाद सरोगेसीमार्फत भएको हो । करण जोहर र तुषार कपूर पनि सरोगेसीमार्फत एक्ला पिता बनेका छन् । कृष्णा अभिषेक यो सूचीमा भर्खरै जोडिएका छन् । एजेन्सीको सहयोगमा

Comments