तीज गीतमा नीताको झ्याम्मै (भिडियोसहित)
screennepal
प्रकाशित: २०७४, ७ श्रावण शनिबार
no img

काठमाडौं, ७ साउन । अभिनेत्री नीता ढुंगानाको चलचित्र क्षेत्रमा उपस्थिति पातलिँदै गएको छ । तर, उनी यो क्षेत्रबाट हराएकी भने छैनन् । फाट्टफुट्ट चलचित्रमा देखिँदै आएकी नीता म्युुजिक भिडियोमा बेला बोला आइरहेकी छन् । यिनै नीताले यस वर्षको तीजलाई विशेष तरिकाले मनाउने निधो गरेकी छन् । गायिका बसन्ता प्रकृतिको आवाजमा समावेश ‘यो तीजमा नाच्नुपर्छ’ बोल गीतको भिडियोमा नीता छमछमी नाच्दै यो वर्षलाई विशेष बनाउने भएकी छन् ।
नाररुहरुको विशेष पर्व मानिने तीज नजिकिँदै गर्दा कलाकार र गायक–गायिकाको व्यस्तता बढिरहेको छ । यसैबेला नीता यस वर्षको तीजलाई लक्षित गीतमा मोडलिङ गरेर आफ्नो उपस्थिति जनाएकी हुन् । दीपक शर्माको शब्द तथा संगीतमा तयार भएको यो गीत हालै सार्वजनिक गरिएको हो ।

Comments