हार्दिक श्रद्धाञ्जली : स्व. पत्रकार शाक्यको श्रद्धाञ्जलीसभा
screennepal
प्रकाशित: २०७४, ४ श्रावण बुधबार
no img

काठमाडौं, ४ साउन । स्व. पत्रकार सविन शाक्यको १३औं पुण्यतिथिको अवसरमा बुधबार राजधानीमा श्रद्धाञ्जलीसभा आयोजना गरिएको छ । पत्रकार शाक्यले करिब दुई साताअघि आफ्नै निवासमा आत्महत्या गरेका थिए ।
पत्रकार शाक्यलाई श्रद्धाञ्जली दिन अग्रजदेखि अनुजसम्मका चलचित्र पत्रकार तथा चलचित्रकर्मीहरुको उपस्थिति थियो, जहाँ सविनसँगका विभिन्न पलहरुलाई सम्झदै उनीहरु भावुक बनेका थिए ।
सविनका समकक्षी पत्रकारहरु शान्तिप्रिय, डव्बु क्षेत्रीका अलावा निर्देशक मोहन निरौला, कलाकार निर्मल शर्मा, चलचित्रकर्मी देबेन्द्र खड्गीलगायतले उनको व्यक्तित्वको चर्चा गर्दै आफुसँगका सम्झनाहरु बाँढेका थिए ।
बरिष्ठ पत्रकार शाक्यले दुई दशकभन्दा लामो समय चलचित्र पत्रकारिता गरेका थिए । चलचित्र पत्रकारितामा अतुलनीय योगदान दिएका शाक्यले केही चलचित्रको लेखन तथा निर्माण समेत गरेका छन् ।

Comments