विदिशा झुण्डिएको अवश्थामा भेटिइन्, किन गर्छन् अभिनेत्रीहरुले आत्महत्या ?
screennepal
प्रकाशित: २०७४, ४ श्रावण बुधबार
no img

काठमाडौं, ४ साउन । बलिउडमा अभिनेत्रीहरुले आत्महत्या गर्ने क्रम बढेको छ । केही साताअघि मात्र बलिउडमा संघर्षरत एक भोजपुरी अभिनेत्रीले आत्महत्या गरेकी थिइन् । त्यो खबर सेलाउन नपाउँदै अभिनेत्री विदिशा वेजबरुआले आत्महत्या गरेकी छन् । हालै रिलिज भएको रणबिर कपुरको चर्चित फिल्म ‘जग्गा जासुस’ की यी ३० वर्षीया अभिनेत्रीलाई आफ्नै निवासमा मृत भेटिएको जनाइएको छ । भारतको पुर्वोत्तर राज्य असममा जन्मिएकी विदिशाको मृत शरीर सोमबार गुडागाउँस्थित गुरुग्राममा भेटिएको थियो ।
भारतीय सञ्चारमाध्यमका अनुसार विदिशा राम्रो गायिका पनि हुन् । उनी गुडगाउँको सुशान्त लोक आवासीय क्षेत्रमा बसदै आएकी थिइन् । प्रहरीले यसको जानकारी मंगलबार मात्र दिएको थियो । प्रहरीका अनुसार असम निवासी विदिशा चर्चित टेलिभिजन अभिनेत्री थिइन् । उनले थुप्रै टेलिभिजन शो सञ्चालन गरेकी थिइन् ।
प्रहरी अधिकारी दीपक सहारनका अनुसार उनको मृत शरीर कोठाको पंखामा झुन्डिएको आवस्थामा भेटिएको थियो । प्रहरी घटनास्थल पुग्दा मुख्य ठोका भित्रबाट बन्द थियो । प्रहरी ठोका फोडेर भित्र छिरेका थिए, जहाँ एउटा कोठामा उनी पंखामा झुन्डिरहेको अवस्थामा फेला परेकी थिइन् । विदिशाको बुवाले प्रहरीलाई दिएको जानकारीअनुसार उनले प्रेम विवाह गरेकी थिइन् । तर, श्रीमानसँग उनको सम्बन्ध त्यति राम्रो थिएन् । श्रीमानले प्रायः सधै उनलाई कुटिरहने बताएका छन् ।
असमका मुख्यमन्त्री सर्वानन्द सोनोवालले मंगलबार हरियाणाका मुख्यमन्त्री मनोहर लाल खट्टरसँग फोनमा कुराकानी गर्दै विदिशाको मृत्युको न्यायिक छानवीनको सुनिश्चितता गर्न आग्रह गरेको भारतीय मिडियाले जनाएको छ । (agency सहयोगमा)

Comments