सुगमकी छोरी एञ्जेलिजा पनि गायिका
screennepal
प्रकाशित: २०७४, ३ श्रावण मंगलवार
no img

काठमाडौं, ३ साउन । चर्चित गायक सुगम पोखरेलको छोरी एञ्जेलिजा पोखरेलले आफ्नो सांगीतिक यात्रा सुरुवात गरेकी छन । सुगमको शब्द र संगीत रहेको ‘मलाई उड्न देउ’ बोलको गीतमा उनले आवाज दिएकी छन् । यस गीतको भिडियो चाँडै दर्शकले हेर्न पाउने गायक सुगम पोख्रेलले बताएका छ्न ।
यस गीतको हालै भिडियो निर्माण गरिएको छ । उक्त गीतको छायांकन ज्ञानेन्द्र शर्माले गरेका छन् भने निर्देशन अराज केशवले गरेका छन् । भिडियोमा एञ्जेलिजा आफैले अभिनय पनि गरेकी छन ।

Comments