सत्यराजले ल्याए ‘नचलाऊ मलाई…’ (भिडियोसहित)
screennepal
प्रकाशित: २०७४, ३ श्रावण मंगलवार
no img

काठमाडौं, ३ असार । गायक सत्यराज आचार्यले आफ्नो ‘मधुशाला’ एल्बममा समावेश ‘नचलाउ मलाई…’ गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । किरण कँडेलद्वारा संगीत संयोजन गरिएको उक्त गीतका गीतकार तथा संगीतकार पनि गायक सत्यराज आचार्य नै हुन् ।
अष्ट्रेलियामा छायांकन गरिएको उक्त म्युजिक भिडियोको निर्देशन सुरेन्स फोटोग्राफीको नामले अष्ट्रेलियाको नेपाली समुदायमा परिचित सुरेन श्रेष्ठले गरेका हुन् । दश महिनामा १० वटा भिडियो निर्माण गरेको उक्त टिमको यो भने आठौ म्युजिक भिडियो हो, जसमा स्वयम सुरेन श्रेष्ठले नै अभिनय गरेका छन भने निशा श्रेष्ठले अभिनयमा डेब्यू गरेकी छिन् ।
हरेक म्युजिक भिडियोमा सामाजिक सन्देश दि“दै आएको उक्त टिमको यो भिडियोमा भने एउटा सानो असमझदारीले पनि प्रेम सम्बन्धमा वाधा पु¥याउन सक्छ र समयमै कुराकानी मार्फत सुल्झाउनु पर्छ भन्ने भावना समेटिएको छ ।

उक्त गीतको भिडियोको छायांकन टेक बयलकोटीले गरेका हुन् भने निशान घिमिरे यो भिडियोका सम्पादक हुन् । म्युजिक भिडियोमा सिड्नी, अष्ट्रेलियास्थित लक्ष्मी होम लोनलाई पनि फिचर गरिएको छ । उक्त भिडियोको निर्माण स्याट प्रो (सुरेन्स फोटोग्राफी एन्ड टिम) ले गरेको हो ।
यो म्युजिक भिडियो बिन्ध्यवासिनी म्युजिकको च्यानलबाट प्रिमियर गरिएको हो ।
स्मरणरहोस्, सत्यराज आचार्यको ‘मधुशाला’ एल्बममा एकैजना श्रष्टाले स्वर, संगीत तथा शब्द रचना गरेका छन् ।

 

Comments