समयमा फिल्म रिलिज नहँदा निराश ममता !
screennepal
प्रकाशित: २०७४, २ श्रावण सोमबार
no img

काठमाडौं, २ साउन । मोडल तथा अभिनेत्री ममता शर्माले फिल्मप्रति मोह घटाउँदै लगेकी छन् । यसको मुख्य कारण आफुले काम गरेको फिल्म प्रदर्शनमा आउन नसक्नु हो । आफूले काम गरेका रिलिज नभएपछि फिल्म खेल्ने रहर हराएको उनको भनाई छ ।
उनले भनिन् ‘अब मयुनिक भिडियोमै सक्रिय हुन्छु ।’ केही नेपाली फिल्ममा काम गरिसकेका मोडल ममता बलिउडमा संघर्षरत छिन् । हिन्दी फिल्म ‘द पावर’ बाट बलिउड सिने नगरीमा प्रवेश गरेकी ममता यतिबेला केही म्युजिक भिडियो छायांकनको लागि नेपाल आएकी छन् ।
केही समयअघि नेपाल आएकी बेला उनले चर्चित गायक राजेश पायल राईको गीत ‘लाखौं जन्म….’ मा मोडलिङ गरेकी थिइन् । उनले पुन म्युजिक भिडियोकै लागि नेपाल आएको बताइन् । दिल्ली, गुँणगाउँ बस्दै आएकी ममता शर्मा स्थानीयस्तरमा निर्माण हुने प्राय साबैजसो म्युजिक भिडियोमा देखिने गर्छिन् ।

Comments