‘ग्याङ्गस्टर ब्लूज’को पहिलो गीत यस्तो छ (भिडियोसहित)
screennepal
प्रकाशित: २०७४, २ श्रावण सोमबार
no img

काठमाडौं, २ साउन । फिल्म ’ग्याङ्गस्टर ब्लूज’मा समावेश पहिलो गीत रिलिज गरिएको छ । सार्वजनिक ‘अजम्बरी लाउँला पिरती’ बोलको गीत सुमधुर छ । पछिल्लो समय एकपछि अर्को गर्दै हिट गीत पस्केका संगीतकार कालिप्रसाद बाँस्कोटाले गीतमा संगीत भरेको यस गीतमा समावेश शब्दहरु छिट्टै मनमा बस्ने खालका छन् । यो गीतले पनि दर्शकको मन जित्नेमा निर्माण टिम आशावादी छ ।
कालिप्रसादसँगै मेलिना राईले स्वर भरेको गीतमा लिड अभिनेता आशिरमान देशराज र अभिनेत्री आना शर्मालाई रोमान्टिक मुडमा प्रस्तुत गरिएको छ । फिल्ममा रोजिशा शाहि, संयम पुरी, प्रमोद अग्रहरी लगायत लिड अभिनयमा छन्, हेमराज बिसीले निर्देशन गरेको फिल्मका निर्माता सरोज न्यौपाने हुन् । यो चलचित्र भदौ २ मा रिलिज हुँदैछ ।

Comments