श्रोतालाई ‘आश’ लिएर आए नवल
screennepal
प्रकाशित: २०७४, ३० असार शुक्रबार
no img

काठमाडौं, ३० असार । गायक नवल राईको एल्बम ‘आश’ श्रोतामाझ आएको छ । तिमीलाई देखेपछि, तिमी विना, ताराविना जुन, कस्तो प्रेम, ओ मेरी प्रिया, सिटी बनाउन बोलका ६ वटा गीत समेटिएको एल्बमलाई बुधबार राजधानीमा आयोजित कार्यक्रममा वरिष्ठ संगीतकार भुपेन्द्र रायमाझी र शान्तिराम राईले संयुक्त रुपमा विमोचन गरेका हुन् ।
एल्बम विमोचनपछि गायक राईलाई शुभकामना दिदै रायमाझीले नवलको स्वरको प्रशंसा गरे । ‘स्वरमा दम छ । यतिको स्वर भएको मान्छेले निरन्तर मेहनत गरे भविश्य सुरक्षित हुनसक्छ’, उनले भने । एल्बमको समिक्षा गर्दै प्राज्ञ संगीतकार शान्तिराम राईले नवलको गायनकलामा शंका नभएको बताए । ‘एल्बम आससँगै नेपाली सांगीतिक क्षेत्रले एउटा राम्रो प्रतिभा पाएको छ’, उनले भने, ‘अव नवललाई केवल अवसरको मात्र खाँचो छ । उनको गायन कलामा कुनै शंका छैन ।’
एल्बममा गायक राईलाई एउटा गीतमा गायिका पुजा सुनुवारले स्वरमा साथ दिएका छन् । एल्बमका ६ मध्ये तीन वटा गीत नवल आफैंले रचना गरेका छन भने तीन वटै गीतमा संगीत पनि भरेका छन । उमेर लम्साल, सनम पुरुषको समेत शब्द रहेको एल्बममा बाँकी तीनवटा गतिमा ओमप्रकाश राईको संगीत समेटिएको छ । एल्बमलाई ओसियन म्युजिक प्रालीले बजारमा ल्याएको हो ।
सुनसरीको इनरुवा निवासी गायक नवल राई विगत एक दशकदेखी नेपाल प्रहरीमा कार्यरत छन् । ‘गायन मेरो सानैदेखीको सोख र रुची भएकाले ड्युटीबाट बचेको समयलाई संगीतमा खर्च गरेको हुँ’, उनले भने ।

Comments