भानुलाई सम्झँदै साँगीतिक सद्भाव
screennepal
प्रकाशित: २०७४, ३० असार शुक्रबार
no img

काठमाडौं, ३० असार । आदिकवि भानुभक्तको २०४औं जन्मजयन्तीको अवसरमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले बिहिबार काठमाडौंमा उनलाई सम्झँदै साँगीतिक कार्यक्रम आयोजना ग¥यो । सँगीतबाट सद्भाव प्रस्तुत गर्न सो कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भुजीत बासकोटाले नेपाली साहित्य तथा लोक संगीतमा आदिकवि भानुभक्तको योगदान बारे चर्चा गरे । भानुभक्तको सम्झनमा सो साँगीतिक सदभाव कार्यक्रम आयोजना गरिएको जानकारी गराए । भानुभक्तले देखाएको नेपाली साहित्य तथा गीत सँगीतको मार्गले आज नेपाली गीत सँगीत तथा साहित्य यो अबस्थासम्म आईपुगेको उपकुलपति बासकोटाले बताए ।
सो कार्यक्रमकी सँयोजक तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी सँगीत विभाग प्रमुख उन्नती बोहरा शिलाले आजको दिनमा भानुभक्तलाई सम्झेर मात्र नहुने, उनले देखाएको मार्गलाई अँगाल्दै अघि बढ्नु पर्ने बताईन् । सँगीत विभागले वर्षभरी आयोजना गरेका कार्यक्रम बारे पनि उनले जानकारी गराईन् ।
सो क्रममा अग्रज देखि नयाँ पुस्तासम्मका गायक गायिकाले आधुनिक नेपाली गीतसँगीत प्रस्तुत गरेर कार्यक्रमलाई सँगीतमय तुल्याए ।
गायक रामहरी कपालीले बँगलामुखीको भजन गाएर सो सदभाव साँगीतिक कार्यक्रमको सुरु गरेका थिए ।
सो कार्यक्रममा गीत सँगीत प्रस्तुत गर्ने क्रममा ८२ वर्षीय अग्रज गायक जगत मर्दन थापाले १८ वर्षीय जोश देखाउँदै प्रेम भावको गीत आसाको दियो बालेर…गाउँदा दर्शकले तालीले साथ दिएका थिए ।
अघिल्ला पुस्ताका गायकहरु मध्य गुरुदेब कामतले आशुँ भयो मेरो गीत…गाएर दर्शकलाई एकछिन गम्भिर तुल्याए ।
यस्तै गायिका टिका प्रसाईले मलाई उजाड बनाएर…, जुना प्रसाईले तिमीलाई मायाँ गर्ने भुल भयो…, प्राश्ना शाक्यले डाँडा काँडा ढकमक ढाक्यो…जस्ता गीत सुनाए ।
गीतबाट सदभाव जोड्ने क्रममा कार्यक्रममा गायक विश्व नेपालीले यो लामो जीवन…गायर कार्यक्रमको रौनकता बढाए । उनले गाएको अर्को पप गीत पनि आकर्षक थियो । गायिका शकुन्तला प्रधानले प्रस्तुत गरेको शास्त्रीय गायनले कार्यक्रममा विविध सँगीतको स्वाद दिएको थियो ।

Comments