‘दिल फूलझैं फूलिरहन्छ…’, मोडलिङमा उदाइन् प्रिया (भिडियोसहित)
screennepal
प्रकाशित: २०७४, २९ असार बिहीबार
no img

काठमाडौं, २९ असार । गायक/गायिकालाई म्युजिक भिडियो बनाउनै पर्ने बाध्यता जस्तै भइसकेको छ । एकातिर गीत सुन्नेभन्दा हेर्नेको जमाना आएको छ भने अर्कोतिर यु–ट्युब टे«ण्डका कारण पनि हिजोआज म्युजिक भिडियो निर्माण आवश्यकता बनेको छ । जसले गर्दा नयाँ–नयाँ मोडलहरुलाई भने अवसर बनेको छ ।

11
यस्तै, प्रिया कुलुङ राई पनि नेपाली मोडलिङ क्षेत्रमा उदाएकी छन् । प्रियाले गायिका कविता कुलुङ राईको ‘दिल फूलझैं फूलिरहन्छ…’ बोल गीतको भिडियोमार्फत मोडलिङमा उदाएकी हुन् । प्रियाले पछिल्लो समयका चर्चित मोडल निराजन प्रधानसँग अभिनय गरेर पहिलोपटकमै मोडलिङमा दम्दार इन्ट्री गरेकी छन् । मोडलिङमा प्रियाका न्यू इन्ट्रि भएपनि उनको अभिनय प्रस्तुती प्रशंसनीय छ ।
सुरेश केसीको शब्दरचना रहेको ‘दिल फूलझैं फूलिरहन्छ…’ गीतलाई निलम रोजु राईले संगीत गरेकी हुन् । जो पछिल्लो समय संगीत सिर्जनामा निकै व्यस्त छिन् भने उनले नेपाली संगीत बजारलाई राम्रा राम्रा सिर्जना पनि दिँदै आएकी छन् ।
गायिका कविता भने केही समयदेखि देश बाहिर छिन् । तर, उनी देश बाहिर रहेर पनि नेपाली गीतसंगीतमा निरन्तर उपस्थिति जनाउँदै आएकी छन् । ‘दिल फूलझैं फूलिरहन्छ…’ गीत तथा भिडियो यसको एक उदाहरण हो ।

प्रवासमा बसेर पनि नेपाली गीतसंगीतलाई निरन्तरता दिनु पनि ठूलो कुरा हो । एक किसिमले भन्ने हो भने पछिल्लो केही वर्षयता नेपाली गीतसंगीतको बजार प्रवासमा रहेका कलाकारबाटै धानिएको छ । ‘दिल फूलझैं फूलिरहन्छ…’ गीतअनुसार भिडियो पनि राम्रो बनेको छ । दर्शकबाट पनि राम्रै प्रतिक्रिया पाइरहेको छ । यस गीतको भिडियोमार्फत मोडलिङमा इन्ट्रि गरेकी प्रियाको पनि मोडलिङमा भविष्य उज्ज्वल देखिन्छ । तर, त्यसका लागि उनले मिहिनेत र संघर्ष गर्न भने आवश्यक देखिन्छ ।

Comments