हेल्पलेसमा हेल्प लिएर पुगिन् ‘दुस्साहस’ नायिका !
screennepal
प्रकाशित: २०७४, २६ असार सोमबार
no img

काठमाडौं, २६ असार । प्रदर्शाेन्मुख चलचित्र ‘दुस्साहस’ टिम समाजसेवातिर देखिन थालेका छन् । आउँदो दशैंलाई लक्षित ‘दुस्साहस’ले विभिन्न शैलीमा आफ्नो प्रचारलाई अगाडि बढाएको छ । यसैक्रममा यस चलचित्रका कलाकार, निर्माता तथा निर्देशकले समाजसेवाको एउटा पाटोलाई पनि अपनाएको हो । जसबाट चलचित्रको पनि प्रचार हुने र समाजसेवा पनि हुने ‘दुस्साहस’का निर्देशक दिनेश लिङ्देनको बुझाई छ ।

dussahas (1)
गएको शनिबार ‘दुस्साहस’का निर्देशक दिनेश, नायिका निशा पोमु लिम्बू, नायकलगायतका कलाकार कीर्तिपुरस्थित हेल्पलेस अनाथ आश्रम पुगेका थिए, जहाँ उनीहरुले कापी, कलमलगायतका स्टेशनरी सामग्री वितरण गरेका थिए ।

dussahas (2)
एमबी सुब्बाद्वारा सञ्चालित सो आश्रममा ४० जना अनाथ बालबालिका आश्रित छन् । उनीहरुलाई केही राहतहोस् भन्ने ध्येयले स्टेशनरी सामग्री प्रदान गरेको चलचित्रका निर्देशक दिनेशले बताए । आश्रमका बालिबालिकाहरुलाई नायिका निशाले कापी, कलम वितरण गरेकी थिइन् । नायिकाबाट आफूहरुलाई आवश्यक पर्ने कापी, कमल पाउँदा बालबालिकाहरु पनि दंग भए ।
आश्रित बालबालिकासँग सात्कात्कार पछि निशाले भनिन्, ‘यहाँ आएपछि ममा पनि समाजसेवाप्रतिको भावना पलाएर आयो ।’ फगतमा खर्च गर्नुभन्दा यस्ता अनाथ बालबालिकालाई सहयोग गर्दा धर्म हुने निशाले आफ्नो धारणा सुनाइन् ।
हेल्पलेस अनाथ आश्रम एक यस्तो आश्रम हो, जो नामै काफी छ किनकि, अहिलेसम्म यो आश्रमले कुनै दाताबाट सहयोग नपाएको सञ्चालक एमबी सुब्बाले बताए । उनका अनुसार केही व्यक्तिगत सहयोग बाहेक न राज्यबाट सहयोग पाएको छ, न त कुनै विदेशी दाताबाट ।
आफ्नै परिश्रम र बलबुत्तोले आश्रम सञ्चालन गर्दै आएको सञ्चालक सुब्बाले बताए । सहयोगी दाताको नजरमा पर्न नसक्दा आश्रममा आश्रित अनाथ बालबालिकहरुका लागि खान, बस्न र उनीहरुको शिक्षाका लागि समस्या पर्दै आएको छ ।

Comments