‘सबिन, तिम्रो बैकुण्ठमा बास होस्’
screennepal
प्रकाशित: २०७४, २४ असार शनिबार
no img

काठमाडौ, २४ असार । मान्छेको जिबनको के भर ! अाज छ, भोली छैन । शायद जिउनुमा पनि भाग्यको खेल छ । शुक्रबार दिउसोसम्म हासी रहेका पत्रकार सविन शाक्य शनिबार हामीमाझबाट सधैंका लागि बिदा भए ।

अकल्पनिय रुपमा शुक्रबार साँझ आत्महत्या गरेका ५३ वर्षिय पत्रकार सविन शाक्यको पोस्टमार्टनपछि शनिबार पशुपति आर्यघाटमा अन्तिम दाहसस्कार गरिएको छ । सबिनलाई अन्तिम बिदाई गर्न पत्रकारहरु आर्यघाट पुगेका थिए । सबिनलाई बिदाई गर्न पुगेका पत्रकारले मन थाम्न सकेनन्, उनिहरुले आँखाभरी आँशु झार्दै बिदाई गरे । सबिनको पार्थिक शरीर चित्तामा जलिरहदा पत्रकार डिपि शाह भन्दै थिए, ‘सबिन मेरो बिद्यार्थीदेखीकै साथी हो, आज सधैंका लागि छाडेर गए ।’ डिपि मात्र नभएर सबिनको अकल्पनिय निधनले आम पत्रकार स्तब्ध भए । जहाँ सबैले कामना गरे, ‘सबिनको बैकुण्ठमा बास होस् ।’ स्व. सबिनको पार्थिक शरीरमा उनका छोरा सजकले दागबत्ती दिएका थिए ।
सबिनले शुक्रबार साँझ करिब साढे ५ बजे बस्दै आइरहेको गौरीघाट कोठामा कपडाको पासो लगाएर आत्महत्या गरेका थिए । दुई दशक भन्दा लामो समय चलचित्र पत्रकारिता गरेका सबिनले फिल्म ‘ब्ल्याक डायरी’ को स्क्रिप्ट लेखेका थिए । उनी पछिल्लो समय पनि केही पुस्तक र फिल्मको प्रोजेक्टको तयारी गरिरहेका थिए ।
परिवारका अनुसार सबिनले ३ पेजको सुसाइट लेखी छाडेका छन् । सो पत्र प्रहरीले राखेको उनका परिवारजनले जनाएको छ । तर, पत्रमा परिवारको चाहना पुरा गर्न नसकेको दुःख व्यक्त गरेको जनाइएको छ । उनको एक श्रीमती, दुई छोरी र एक छोरा छन् । काठमाण्डौंका स्थायी उनी गौरीघाटमा बहालवाला कोठामा बस्दै आइरहेका थिए ।

Comments