पत्रकार सविन शाक्यद्वारा आत्महत्या !
screennepal
प्रकाशित: २०७४, २३ असार शुक्रबार
no img

काठमाडौ, २३ असार । पत्रकार सविन शाक्यले आत्महत्या गरेका छन् । ५३ वर्षिय पत्रकार सविन शाक्यले शुक्रबार साँझ करिब साढे ५ बजे बस्दै आइरहेको गौरीघाट कोठामा कपडाको पासो लगाएर आत्महत्या गरेको बताइएको छ । फिल्म ‘ब्ल्याक डायरी’ निर्माता अनोज अधिकारीका अनुसार पत्रकार शाक्यले ‘ब्ल्याक डायरी’ को स्क्रिप्ट लेखेका थिए । शवलाई हाल टिचिङ अस्पतालमा राखिएको छ ।

निर्माता अधिकारीका अनुसार परिवारको नाममा एउटा पत्र लेखेका छन् । पत्रमा परिवारको चाहना पुरा गर्न नसकेको दुःख व्यक्त गरेका छन् । उनको एक श्रीमती, दुई छोरी र एक छोरा छन् । काठमाण्डौंका स्थायी उनी गौरीघाटमा बहालवाला कोठामा बस्दै आइरहेका थिए । लामो समय चलचित्र पत्रकारिता गरेका स्व.शाक्यलाई हार्दिक श्रद्धाञ्जली !

Comments