नेपालमा मात्र होइन हलिउडमा पनि कपी गरिन्छ बलिउड फिल्म !
screennepal
प्रकाशित: २०७४, २३ असार शुक्रबार
no img

स्क्रीन नेपाल डेक्स
काठमाडौं, २३ असार । कतिपय नेपाली फिल्ममाथि बलिउड कपि गरिएको आरोप लाग्दै आएको छ । आरोप मात्र नभएर केही यस्ता नेपाली फिल्म पनि छन्, जो बलिउड फिल्मबाट शतप्रतिशत प्रभावित छन् । तर, यहाँ नेपाली फिल्मकर्मीले मात्र नभएर हलिउडमा समेत बलिउड फिल्मको कपि हुने गरेको कुरा बताउँदैछौ । हो, कतिपय हलिउड फिल्म बलिउडबाट कपि गरिएका छन् । त्यसो त बलिउडमा पनि हलिउडको कपि हुँदै आएको छ । भनिन्छ, राम्रो कामको कपि गरिनु सामान्य हो । तर, कपिराइट प्रावधानमा पनि यसलाई अपराध मानिन्छ ।

sangam_1499166255
जस्तै, हलिउडमा यस्ता फिल्महरु बलिउडबाट कपि भएका छन् । शाहिद कपूरको फिल्म ‘जब मी मेट’ सहित अन्य फिल्मको कपि हलिउडमा गरिएको छ । अभिनेता शाहरुख खानको ‘डर’ को कपी हो हलिउडमा फिल्म ‘फिअर’ ।
सन् १९९३ मा आएको फिल्म ‘डर’ मा शाहरुख खान, जूही चावला र सनी देओल मुख्य भूमिकामा छन् । यो फिल्म सुपरहिट भएको थियो । हलिउडमा यस फिल्मको कपी गरेको हलिउडमा १९९६ मा ‘फिअर’ बनाइएको थियो । यस फिल्ममा मार्क वाह्ल्बर्ग, रीज विदरस्पून, विलियम पीटरसेन, एलिसा मिलानोले मुख्य अभिनय गरेका छन् ।
त्यस्तै, फिल्म ‘विकी डोनर’ । यो फिल्म बलिउडमा सन् २०१२ मा बनेको थियो । यस फिल्मको हलिउडमा सन् २०१३ मा कपी गरेर ‘डिलीवरी मैन’ बनाइएको थियो । ‘विकी डोनर’ मा आयुषमान खुराना र यामी गौतम मुख्य भूमिकामा छन् भने यसको कपी हलिउडमा ‘डिलीवरी मैन’ मा विन्स वोगन, क्रिस प्रैट, कोबी स्मल्डर्स मुख्य भूमिकामा छन् ।

jab-we-met_1499166257
त्यस्तै, बलिउड फिल्म ‘जब वी मेट’ पनि हलिउडमा कपी गरिएको छ । सन् २००७ मा आएको यस फिल्ममा करीना कपूर र शाहिद कपूर स्टारर छन् । यो फिल्म हलिउडमा सन् २०१० मा कपी गरी ‘लीप ईयर’ बनाइएको थियो । यसमा मैथ्यु गुडे र एमी एडम्सले मुख्य भूमिका गरेका थिए ।

darr_1499166257
यी त उदाहरण मात्र हुन्, जबकि बलिउडमा थुप्रै फिल्महरु हलिउडमा कपी गरिएको छ । तर, जब नेपालमा बलिउड फिल्मको कपी गरिन्छ, तब चर्चा हुन्छ । तर, बलिउडको कपी हलिउडले गरेको कहिल्यै चर्चा हुँदैन । -Agency

vicky-donor_1499166256

Comments