‘हाउ फन्नी’ निर्देशक डोल्माको निधन
screennepal
प्रकाशित: २०७४, १७ असार शनिबार
no img

काठमाडौ, १७ असार । चलचित्र ‘हाउ फन्नी’ का निर्देशक तथा कलाकार निलु डोल्मा शेर्पाको हृदयघातका कारण निधन भएको छ ।
आज शनिबार बालुवाटार निवासमा डोल्माको हृदयघात भएको बताइएको छ । निर्देशक डोल्माको पार्थिव शरीरलाई अहिले महाराजगंजस्थित शिक्षण अस्पतालमा राखिएको छ ।
निर्देशक डोल्माले फिल्म हाउ फन्नीको निर्देशन लगायत केही चलचित्रमा अभिनय समेत गरेकी थिइन् । निर्देशक शेर्पाको असमायिक निधनले सिङ्गो फिल्म क्षेत्र स्तब्ध भएको छ । उनको मृत आत्माले शान्ति पाओस् । हार्दिक श्रद्धाञ्जली !

Comments